गोकुल घोरसाइने (बारा) अज्ञात समूहको गोली प्रहरबाट बारामा एकीकृत नेकपा (माओवादी) को भोजपुरा राज्य समितिका एक सदस्यसहित तीन कार्यकर्ताको बुधबार राति मृत्यु भएको छ। घटनामा दुइ माओवादी कार्यकर्ता घाइते बनेका छन्।
मृत्यु हुनेमा बाराको गन्जभवानीपुर गाविस-२ निवासी राज्य समिति सदस्य ३५ वषर्ीय रामप्रकाश यादव, गन्जभवानीपुर गाउँ कमिटी सदस्य दारा यादव र सोही गाविस-९ का २७ वषर्ीय अम्बिका महतो नुनिया रहेका छन्।
जिल्ला विकास समितिका इन्जिनियर मेघु जैसवालले गाउँमा सञ्चालन गरेको इँटाभट्टाको उद्घाटनको अवसरमा भोज खाएर तीनवटा मोटरसाइकलमा फर्किरहेका बेला राति ९ः३० बजे बाटोमा लुकेर बसेका आठ दश जनाको समूहले अत्याधुनिक हतियारले एक्कासि गोली प्रहार गरेको थियो।
गोली प्रहारबाट अम्बिकाको घटनास्थलमा र घाइते दाराको जिल्ला अस्पताल कलैया तथा रामप्रकाशको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
घटनास्थलमा एसएमजीमा प्रयोग हुने ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले जानकारी दिनुभयो।
आक्रमणकारीहरूले माओवादी कार्यकर्ताहरू चढेको मोटरसाइकललाई दुवैतिरबाट घेरा हालेर एसएमजी चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।
सो घटनामा एकीकृत माओवादी बारा क्षेत्र नं. २ का क्षेत्रीय सेक्रेटरी कन्हैया यादव र गाउँ कमिटीका सदस्य सियाराम कुसवाह गोली लागेर गम्भीर घाइते भएका छन्।
घाइते कन्हैयाको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ। अर्का घाइते सियारामको वीरगन्जमै उपचार भइरहेको छ। कन्हैया मृतक रामप्रकाश यादवका दाजु हुन् भने अर्का घाइते मृतक दारा यादवको नातामा भान्जा पर्दछन्।
जिल्लामा आपराधिक समूहले बारम्बार हत्याको धम्की दिने गरेकाले कन्हैयाले सुरक्षाका लागि प्रहरीबाट गतवर्षेखि लिएको सुरक्षा गार्ड डेढ महिनाअघि मात्र उनकै सहमतिमा प्रहरीले फिर्ता लिएको थियो।
इन्जिनियर जैसवालको भट्टामा माओवादी क्षेत्रीय सेक्रेटरी कन्हैया यादवको समेत सेयर रहेको स्थानीय बासिन्दाले बताएका छन्। घटनास्थल सदरमुकाम कलैयाबाट चार किलोमिटरपर्ूवमा पर्दछ।
माओवादी कार्यकर्तामाथि भएको सामूहिक आक्रमणको घटना गम्भीर प्रकृतिको देखिएकाले जिल्लाका विभिन्न स्थानमा र सीमापारि भारतमा समेत प्रहरी परिचानल गरेर विशेष र्
र्सच शुरू गरेको उपरीक्षक पोखरेलले बताउनुभयो।
घटनास्थलमा व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ। घाइते कन्हैयाले गाउँनजिकैको दहियारस्थित एक विद्यालयमा अध्यापन पनि गराउँदै आएका छन्।
घटनाको जिम्मा तर्राई मुक्ति मोर्चा नामको भूमिगत संगठनले लिएको छ। मोर्चाको बारा, पर्सर्ाा रौतहटका सैन्य कमान्डर अग्निले सञ्चारकर्मीलाई टेलिफोन गरी जिम्मा लिएका छन्। मोर्चाले एक वर्षघि जिल्लाको डुमरवाना गाविसका भएको माओवादी कार्यकर्ता लीला लामिछानेको हत्याको जिम्मा पनि लिएको थियो।
यसैबीच एनेकपा माओवादीले सो घटनाको विरोधमा बिहीबारबाट बारा, पर्सर् रौतहट अनिश्चितकालीन बन्दको आ³वान गरेको छ। माओवादीको बन्दका कारण गृहजिल्ला रौतहटबाट र्फकन लाग्नुभएका श्रम तथा यातायातमन्त्री मोहम्मद अŠताव आलम जंगलको बाटो हुँदै ठूलो संख्यामा प्रहरी एस्कर्टिङसहित बिहीबार र्फकनुभएको छ। साभार: नेपाल समाचारपत्र
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।