गोली हानेर हत्या/श्रीमती पक्राउ

बुटवल, २०६६ पुस १० - बुटवलको मैनाबगरमा शुक्रबार साँझ एक ब्यक्तिको गोली हानी हत्या भएको छ । कपिलबस्तुको तौलिहवाबाट गाडीको ईञ्जिन मर्मत गर्न भनेर बुटवलको मैनाबगर ग्यारेजमा आएका ४० वर्षिय साउखद बेगलाई शुक्रबार साँझ साढे पाँच बजेतिर अज्ञात समूहले गाली प्रहार गरी हत्या गरेको बुटवल प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरु फरार छन् ।

बेग राप्रपाबाट कपिलबस्तु क्षेत्र नम्बर तीनमा संबिधान सभाको निर्वाचनमा उम्मेदबार बनेकी नाजमा खातुनका श्रीमान हुन् । बेग पहिले भारतीय बासिन्दा भएपनि अहिले नेपाली नागरिक रहेको बताइएको छ ।

बेगको कञ्चटमा हानिएको गोली पछाडीबाट निस्किएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महेन्द्रा जीप मर्मत गरी बोडी बनाउन श्रीमान श्रीमती बिगत तीन दिनदेखि बुटवलको मैनाबगरस्थित एक ग्यारेजमा आएका थिए । शुक्रबार पनि उनीहरु संगै आएका थिए । तर संझाझैमा उक्त स्थानमा अर्का एक ब्यक्ति आएपछि उनीहरुबिच लामो कुराकानी भएको थियो । ती दुई ब्यक्तिहरु कुराकानी गरिरहंदा दोश्रो ब्यक्तिले पेस्तोल प्रहार गरी बेगको हत्या गरी फरार भएकाथिए ।

अनुुसन्धानका लागि उनकी श्रीमती खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गोली प्रहार गर्ने ब्यक्ति चढेको युपी ६२२०१७८० नम्बरको भारतीय नम्बर प्लेटको आरएक्स मोटरसाईकल घटनास्थलबाट केही टाढा खयरघारी भन्ने स्थानबाट बरामद गरेको छ ।

घटनाबारे धेरै रहस्य थाहा भैसकेको र अभियुक्तहरुलाई राति नै पक्राउ गर्न प्रहरी परिचालन भएको बुटवल प्रहरीले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नगेन्द्र झाले घटनाबारे तीब्र अनुसन्धान भइरेहको जनाए ।
Source: ekantipur

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।