अमेरिकाको डेनभरमा लुटिए भुटानी नेपाली

नेपालबाट अमेरिका स्थानान्तर गरिएका कोलोराडो राज्यको पूर्वी डेनभर क्षेत्रमा बसोबास गर्दै आएका छ जना भुटानीहरु स्थानीय अपराधिक समुहको आक्रमणबाट घाइते बनेका छन् ।

गत डिसेम्बर ११ तारिख डेनभर नगरमा सार्वजनिक बस चढ्ने क्रममा छ जनाको समुहमा हिडिरहेका भुटानी नेपालीहरुमाथि स्थानीय अफ्रीकीमूलका पाँच छ जनाको समुहमा आएका अपराधिहरुले आक्रमण गरी लुटपाट गर्दै भागेका थिए। आक्रमणमा परेका केही भुटानी नेपालीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि समेत भर्ना गर्नुपरेको थियो। स्थानीय प्रहरी-प्रशासनले अपराधिहरुको पहिचान गर्न खोजिरहेको भए पनि अहिलेसम्म कुनै अपराधी पक्राउ परेका छैनन्। अपराधीहरुले बसमा चढेदेखि नै पछ्याउँदै बसबाट ओर्लेपछि लुटपाट गरेका थिए। निम्न आय भएका परिवार बसोबास गर्ने बासस्थानमा राखिएका भुटानी नेपालीहरुको सुरक्षा प्रबन्धका लागि यसघटनापछि स्थानीय प्रहरी-प्रशासनले समेत सहयोग गरेको छ। सुरक्षासमक्ष उजुरी गर्न सजिलो होस भन्दै ५० वटा भन्दा बढी मोवाइल फोन वितरण गरेको छ भने उनीहरुलाई सुरक्षाका उपायका बारेमा समेत शिक्षा तथा तालिम दिन शुरु गरिएको छ।
यस घटनापछि स्थानीय प्रशासनले सार्वजनिक बसमा समेत अपराधीहरु पत्ता लगाउन सजिलो होस् भन्ने उद्देश्यले क्यामरा जडान गर्ने भएको छ।
हाल नेपालको पूर्वी झापामा रहेका भूटानी शरणार्थीहरुमध्ये ३ सयभन्दा बढीको परिवार कोलोराडोस्थित डेनभरमा रहँदै आएका छन्।
छ महिनाअघि पनि एक जना भुटानी नेपालीलाई कामबाट फर्कदैं गर्दा साँझ लुटपाट गरेर मरणासन्न हुनेगरी पिटेर बाटोबाट तल फ्याँकिएको अवस्थामा भोलिपल्ट विहान फेला परेका थिए।
छ-सात हजार नेपालीहरुको बसोबास रहँदै आएको सो क्षेत्रमा नेपाली संघसंस्थासँग मिलेर स्थानीय प्रशासनले नेपालबाट स्थानान्तरण गरिएका शरणार्थीहरुको भाषा तथा अन्य विविध समस्या समाधानका लागि विशेष तालिम प्रबन्धको व्यवस्था गर्न नेपाली भाषामै विभिन्न सामग्रीहरु तयार गर्न थालिएको छ। साभार:नेपाली पोस्ट

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।