पल आजदेखि उपत्यकामा

काठमाडौ, भाद्र ९ - सकारात्मक सोच विकास गर्ने उद्देश्यले निर्मित 'पल' शुक्रबारदेखि उपत्यकामा प्रदर्शन हुने भएको छ ।पर्यटन व्यवसायी कर्ण शाक्यकै परिकल्पना/कथामा बनेको फिल्मको रिलिजअघि नै देशभरका ३६ स्थानमा च्यारिटी सो गरिसकिएको छ । प्रचारप्रसारका लागि पोस्टर नटाँस्ने वातावरण मैत्री कदम उठाएको फिल्म युनिटले यसका लागि हस्तपुस्तिका र होर्डिङ बोर्डको साहारा लिएदेखि नै छुट्टै चर्चा पाएको थियो । उपत्यकाका जय नेपाल, बिग सिनेमा लगायत प्रमुख हलमा लाग्ने भएको छ ।

राजबल्लभ कोइराला, निशा अधिकारी, अनुप बराल, तृप्ति नाडकर, रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्मको निर्देशन पनि बुढाथोकीले नै गरेका हुन् । 'स्त्रिmप्ट मन परेकोले लामो समयपछि फिल्ममा गीत लेख्ने जाँगर चल्यो,' झन्डै १२ वर्षको अन्तरालपछि 'पल' का तीन गीत लेखेका किरण खरेलले भने, 'अहिलेसम्म मैले फिल्मको यति राम्रो कथावस्तु देखेकै थिइनँ ।' बुधबार पत्रकार सम्मेलनमा निर्मातासमेत रहेका शाक्यले देशको वर्तमान विकृत अवस्थादेखि वाक्क भएर नर्कलाई स्वर्ग बनाउन फिल्म निर्माण गरेको बताए । उनले भने, 'नाउँ कमाउँ' भन्ने चाहेर फिल्म बनाएको होइन ।'

उनका अनुसार प्रदर्शनबाट उठेको आम्दानीको ६० प्रतिशत सामुदायिक विकास कार्यक्रमका लागि दिइनेछ । च्यारिटीबाटै करिब ३६ लाख रुपैयाँ उठाइसकेको निर्माण पक्षको दाबी छ ।

साभार - ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।