आफ्नै प्रेममा गफिए राजेश हमाल

नायक राजेश हमाल अधिकांश कार्यक्रममा पुग्दैनन् । पुगिहाले पनि धेरै समय बस्दैनन् । बसिहाले भने पनि खासै गफ गर्नमा रुची देखाउँदैनन् । तर, काठमाडौंमा भएको एक कार्यक्रममा हमाललाई देख्नेहरु अचम्ममा परे । कारण थियो, उनले उक्त कार्यक्रमलाई दिएको समय । एक महिलाले आफूलाई श्रीमान् भनेर प्रहरी कार्यालयमा उजुरी दिएपछि केही समय तनावमा देखिएका नायक हमाल त्यो घटना सेलाएपछि तनाव मुक्त भै आनन्दित देखिएका थिए । यसैले पनि होला हमाल, गफ गरेर बस्न तयार भएका ।

चलचित्र प्राविधिक संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पुगेका हमाल त्यो कार्यक्रम सकिएपछि पनि लामै समय बसे । दुईघन्टा केही संचारकर्मी र चलचित्रकर्मीसँगको बसाइमा हमालले प्रेम गफ बढी गरेका थिए । एकजना व्यक्तिको २१ वर्षे लामो प्रेम जीवनपछि मात्र विवाह भएको भनाइ एक संचारकर्मीको मुखवाट सुनेपछि हमालले भने -’अरे बाबा मानिसहरु २१ वर्ष प्रेम गरी विवाह गर्दा रहेछन् ।

मेरो त भर्खर ३ वर्ष मात्र भयो हतारिनु पर्ने कुनै कुरा नै रहेनछ नि । उनले यति मात्र कुरा गरेनन्, बिभिन्न चलचित्रकर्मीको प्रेम जीवनलाई पनि चाख दिएर सुने । कार्यक्रममा हमालले अब आफुले सन् २०१३ सम्ममा विवाह गर्ने पनि बताएका थिए । ‘अब त बिहे गनुपर्छ की भन्ने लाग्न थालेको छ, अब भने बिहेको बारेमा धेरै नै सोच्न थालेको छु ।’

अधिकांश कार्यक्रममा कमै मात्र बोल्ने र सितिमिति उपस्थित नै नहुने हमाल यो कार्यक्रममा भने समय गएको समेत पत्तो पाएका थिएनन् । यसरी हेर्दा नायक राजेश हमाल अब भने गफगाफ र रमाइलो गर्नमा रुची राख्न थालेको देखिन्छ । अब रोमान्टिक जीवन जिउने सोच गरेका हुन् की त ?

साभार - नागरिक न्युज

1 प्रतिकृया/हरु:

hari said...

अभ बिबाहा गरेर के गर्ने राजेश जी समयले डाडा काटेपछी

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।