
फिल्ममा देखाइएको पारिवारिक भावनासँग आफ्नो कथा मिल्ने खुलासा गर्दे उनले भने, 'म दाइ हुँ। मेरो भाइसँग निकै आत्मीय सम्बन्ध छ। हामीले बुबाआमालाई चाँडै गुमायौं,' फिल्मको यस्तै विषय आफ्नो जीवनसँग नजिक रहेको उनले चर्चा गरे।
निर्माता रोज राणाले यो नाममा आफूलाई फिल्म बनाउने रहर भए पनि अरूले उछिनेको बताए। संगीतकार वसन्त सापकोटाले फिल्मको कथासँग बाँध्ने कोसिसका साथ गीत तयार पारेको बताए। फिल्मका निर्देशक ऋषि न्यौपानेले राजेशको २२ वर्षे योगदानको कदर गर्दै यो नाममा उनैको प्रमुख भूमिकामा फिल्म बनाएको बताए।
प्रस्तुतकर्ता सन्देश बराइलीले भदौ १६ देखि राजधानी बाहिर फिल्म रिलिज गरिने जानकारी दिए। निर्देशक न्यौपाने र संगीतकार वसन्त सापकोटाका साथै उत्तम गौडेलले फिल्मको गीत लेखेका छन्। राजेश हमालका साथै अरुणिमा लम्साल, शीतल केसी, हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारीलगायतका कलाकारले यसमा अभिनय गरेका छन्।
यसमा मौनता श्रेष्ठको स्क्रिप्ट, एनबी महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य र अनिल गौतमको सम्पादन रहेको छ।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।