
विषयकै कारण चर्चा पाएको फिल्मबारे उनले भने, 'यो फिल्म नेपाली परिवेशमै केन्द्रित छ। प्रस्तुतिलाई रोचक र सरल बनाउने प्रयास गरेको छु।' फिल्मलाई पैसाभन्दा मेहनतले बनाएको उनको भनाइ थियो।
साउन २० देखि देशभर रिलिज गरिने फिल्ममा आर्यन सिग्देल, अरुणिमा लम्साल, सौगात मल्ल, सुष्मा कार्की, नीर शाह, राजाराम पौडेल, किरण केसीलगायतले अभिनय गरेका छन्। फिल्ममा सुगम पोखरेलको संगीत छ।
फिल्मको पटकथा निरजविक्रमले लेखेका हुन्। राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र एनबी महर्जनको फाइट रहेको फिल्मलाई एसजीएस इन्टरटेनमेन्टले निर्माण गरेको हो। 'मेरो एउटा साथी छ' निर्देशन गरेका थापाको यो दोस्रो फिल्म हो।
Source: Nagarik News
1 प्रतिकृया/हरु:
good movi
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।