काठमाडौं, असार २७ (नागरिक)- काठमाडौं सहरलाई सुशासन, स्वच्छता र उज्यालोले भरिएको 'स्वप्ननगरी' बनाउने उद्देश्यसहित आइतबार घोषणापत्र सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाले तयार पारेको एक सय ६१ बुँदे घोषणापत्रमा लोभलाग्दा योजनाहरू सजिएका छन्। पार्किङका लागि बहुतले भवनहरू बनाइने योजनाले अभिनेत्री रेखा थापा दंग परिन्। 'योजना त निकै राम्रा छन् तर लागु हुनसक्ला र?' उनलाई शंका छ।पाँच वर्षभित्र काठमाडौंको साक्षरता सतप्रतिशत बनाइने योजना चाहिँ साहित्यकार कृष्ण धरावासीलाई असम्भव लाग्यो। उनलाई यसमा ५ प्रतिशतमात्र विश्वास लाग्यो। उनले शुन्य प्रतिशत पनि पत्यार गर्न नसकेको चाहिँ फुटपाथको व्यापार हटाउने भन्ने हो। अनुभव सुनाए, 'युरोपमै त हटाउन सकिएको छैन, काठमाडौंमा कसरी सकिन्छ?'
कालो प्लास्टिक हट्नेमा चाहिँ उनी सय प्रतिशत विश्वस्त छन्। भन्छन्, 'कालो किन चाहियो, सेतो बोकिहाल्छन् नि।'
सडकगल्लीमा सोलार बत्ती जडान गर्न सकिए पनि जोगाउन मुश्किल हुन्छ भन्ने चिन्ता संगीतकार शम्भुजित बास्कोटाको छ। सुझाव दिन्छन्, 'गुलेली हान्नेबाट जोगाउनुपर्छ।' खानेपानीको वैकल्पिक स्रोत व्यवस्थित होला भनेर हेमन्तलाई १० प्रतिशतमात्र विश्वास छ, 'मेलम्ची त धेरै टाढा छ।'
सुरक्षाको कारणले २४ घन्टा चल्ने सार्वजनिक यातायातको थालनीमा समस्या होला भन्ने चित्रकार सरिता डंगोललाई लागेको छ। यसमा उनी २० प्रतिशतमात्र विश्वास गर्छिन्।महानगरका केही मुख्य योजनाहरू यथार्थमा परिणत होलान् भन्नेमा यी पाँच सेलिब्रिटीहरूलाई कति प्रतिशत विश्वास छ? संक्षिप्त जवाफ :
सरिताः २०
सरिताः १०
सरिताः २०
सरिताः ५०
सरिताः ३०
साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।