
काठमाडौं, वैशाख १८ (नागरिक) - अभिनेत्रीबाट निर्मात्री बनेकी रेजिना उप्रेतीलाई आजकाल भ्याइनभ्याइ भएको छ। अभिनयमा मात्र ध्यान दिए पुग्ने रेजिनालाई फिल्मका सबै पक्षको जिम्मेवारी लिनु परेको छ।
यातायातदेखि खानपिनको व्यवस्थामा खुब खटेको भेटिन्छ उनलाई। ‘अरुको फिल्म खेल्दा वास्तै गर्नु नपार्ने काममा अहिले मेरो सबैभन्दा धेरै चासो छ। लोकेसन छनोट र मौसमको समेत जानकारी समेत राख्नु परेको छ,' रेजिनाले भनिन्।
‘वरदान' नामक फिल्म निमार्ण गरिरहेकी रेजिनाको वर्षमा एउटा फिल्म बनाउने योजना छ। ‘यो क्षेत्रमा लागेको झन्डै १० वर्ष भयो। व्यापारमा पनि हाल हालुँ भनेर फिल्म निर्माणलाई रोजेकी हुँ,' फिल्म निर्देशनमा भने अहिले लाग्ने सोच नरहेको उनले बताइन्।
फिल्मको करिव १५ प्रतिशत सुटिङ सकिएको जानकारी दिंदै उनले नागरिकसँग भनिन्,'लगानी गरेपनि निर्देशकलाई स्वतन्त्र रुपमा काम गर्न दिएको छु। तैपनि मेरो भूमिका निकै राम्रो छ।' केही दिनमै सुटिङ गर्न काठमाडौंबाट पोखरा र जोमसोम जाने उनको तयारी छ।
‘वरदान'मा फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल र अर्जुन कार्कीले अभिनय गरेका छन्। शोभित बस्नेत फिल्मका निर्देशक हुन्।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।