काठमाडौ, चैत्र २३ - कुनै जमाना थियो, नयाँ फिल्म हलमा लाग्यो भने माइकिङ गर्दै सबैलाई जानकारी गराउने । तर विस्तारै फिल्मको प्रचारप्रसारमा पोस्टर पम्प्लेटिङको प्रयोग हुन थालेपछि माइकिङ हराउँदै गयो । तर भर्खरै पोस्टप्रोडक्सन सकेर प्रदर्शनीका लागि तयार फिल्म 'पल' ले भने प्रचारका लागि पोस्टर नटाँस्ने भएको छ ।
फिल्मकै माध्यमबाट मानव सोचमा परिवर्तन ल्याउन बनाइएको दाबी गरिएको 'पल' ले त्यसको सुरुवात प्रचारप्रसारदेखि नै थाल्ने भएको हो । 'सार्वजनिक स्थलमा टाँस्दा सहर प्रदूषित हुने भएकाले प्रचारप्रसारका लागि फिल्मको परिचय-पुस्तिका बाँडिनेछ,' फिल्म युनिटले पुस्तिकालाई समेत जथाभावी नफालिदिन सर्वसाधारणमा आग्रह गर्दै भनेको छ ।
रमेश बुढाथोकीको निर्देशन रहेको फिल्म 'पल' मा अनुप बराल, धीरेन शाक्य, राजबल्लभ कोइराला, करिश्मा मानन्धर, निशा अधिकारीलगायतको अभिनय रहेको छ । किरण खरेलको गीत रहेको फिल्मको संगीत न्ह्यू बज्राचार्यले दिएका हुन् । राजु थापाको छायांकन रहेको फिल्मको सम्पादन रजनी पन्तले गरेका छन् । साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।