काँकडभिट्टा, माघ १९ - केही दिनअघिसम्म अनुजा अग्रवाल झापा अनारमनीका आफन्त र केही साथीभाइसँग मात्रै परिचित थिइन् । एक साताअघि नेपाल टेलिभिजनको डान्स कम्पिटिसनमा पहिलो भएपछि उनलाई नचिन्नेको संख्या घट्दै गएको छ ।
'छमछमी' मा उपाधि जितेपछि सम्मान र स्थानीय मिडियामा अन्तर्वार्ताका लागि उनको व्यस्तता बढेको छ । 'अनुजालाई भ्याईनभ्याई छ,' आमा कान्ताले भनिन्, 'छोरीले यसरी नाम कमाउली भन्ने लागेकै थिएन ।' मारवाडी सेवा समिति, मारवाडी युवा संघ, राष्ट्रिय मारवाडी परिषद्लगायतले उनलाई पुरस्कृत गरिसकेका छन् । बिर्तामोडस्थित आँगन मसला उद्योगले उनलाई उद्याेगको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । 'स्थानीय प्रतिभाको कदर गरेका हौं,' उद्याेगका सञ्चालक सुवास खतिवडाले भने । आँगनले झापाका मुख्य चोक र बजारमा अनुजाको तस्बिरसहित होडिङ बोर्ड राख्न थालेको छ ।
'अनुजा समग्र मारवाडी समुदायकी गहना हुन्,' राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भीकमचन्द्र शरलले भने ।
अनुजाले 'छमछमी' को उपाधि जित्छु भन्ने त कता हो कता, सहभागी नै बन्न पाइएला भन्ने पनि सोचेकी थिइनन् । टेलिभिजनमा विज्ञापन देखेपछि आमा र बहिनीहरूले उनलाई तुरुन्त घर आउन भने । उनी सिलिगुडीमा बीबीएस पढ्दै थिइन् । घर आएपछि त्यो डान्स कम्पिटिसनमा भाग परिवारबाट दबाब पर्यो । 'मलाई यो स्थानसम्म ल्याइपुर्याउन आमा-बुबा र बहिनीहरूको महत्त्वपूर्ण हात छ,' १९ वर्षेले भनिन्, 'उहाँहरूले कर नगरेको भए म आउने पनि थिइनँ, उपाधि जित्ने पनि थिइनँ ।' अनुजाले 'छमछमी' मा पहिलो भएर स्कुटी र ७५ हजार रुपैयाँ प्राप्त गरिन् ।
डान्सको चस्का सानैदेखि लागेको अनुजाले बताइन् । चार वर्षको उमेरमा उनी मञ्चमा उक्लेकी थिइन् । उनी क्लासिकल र हिपहप डान्स गर्छिन् । उनी गीत पनि गाउँछिन् । 'यही बन्छु भन्ने छैन,' उनले सुनाइन्, 'सबै कुरामा सक्ष्ाम बन्न चाहन्छु ।' साभार: इकान्तिपुर
6 प्रतिकृया/हरु:
Congratulation Anuja jee j hos nepali ko name tapai la pani kamaunu bhayo dherai dherai badai ko sath ma dhanayabad pani.do best and make ur future bright************** god bless u.
good anuja jee keep in touch best of luck god bless u in ur every steep of ur life
Congratulation Anujha. I love you i you are my best.................
Hi anuja g congratulation and beast of luck.........:)U ARE THE BEST ARTIST . NICE KEEP IT UP
congratulation.........best of luck.Do good better best never let it rest.
i love you
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।