अब सासु-ससुराको प्यार

काठमाडौ, पुस २२ - प्रेम धन-सम्पत्तिमा दाँजिन्छ कि भावनामा ? पारिवारिक कथा बोकेको चलचित्र 'सासु-ससुराको प्यार'ले यसलाई खोतल्नेछ, जुन शुक्रबारदेखि राजधानी र मोफसल गरी २६ स्टेसनमा एक साथ प्रदर्शन हुँदै छ । नायक तथा निर्माता कल्याण घिमिरेले फिल्म राजधानीको विश्वज्योति, गुण, गोपीकृष्ण, वाराहीसँगै मोफसलको बनेपा, जिरी, पोखरा, नेपालगन्ज, विराटनगरलगायतका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको बताए ।

दुर्गादेवी सिने आर्टस्को ब्यानरमा निर्मित फिल्मले प्रेम र वर्गबीचको सम्बन्ध केलाउने बताइएको छ । विवाहपछि घरज्वाइँ बस्न विवश जोडीमार्फत कथानक अघि बढाइएको छ, जसमा 'लभ, एक्सन, सेन्टिमेन्ट्स' रहेको घिमिरेले बताए । ८० लाख रुपैयाँको लागतमा निर्मित फिल्म केदार पौडेलले निर्देशन गरेका हुन्, रज्जु प्रधानको प्रस्तुति । कुमार महर्जनको द्वन्द्व तथा भुवन श्रेष्ठको नृत्यनिर्देशन रहेको फिल्ममा कल्याणसँगै उषा पौडेल, गरिमा पन्त, लक्ष्मी गिरी, रमा थपलिया र नन्दु श्रीवास्तवलगायतको अभिनय हेर्न सकिने बताइएको छ । साभार: कान्तिपुर अनलाइन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।