रेखा र आर्यन सर्वाेत्कृष्ट

काठमाडौं/ सम्झना डिजिटल फिल्म अवार्ड २०६७ मा नायिका रेखा थापाले सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् भने आर्यन सिग्देल सर्वाेत्कृष्ट अभिनेता घोषित भएका छन् । छाया छवि मनोरञ्जन पत्रिकाले शनिबार जमलस्थित नाचघरमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा 'आफ्नो मान्छे आफ्नै हुन्छ'ले सर्वाेत्कृष्ट फिल्मसहित पाश्र्व गायिका, सहअभिनेता, सहअभिनेत्री, चरित्र अभिनेता, पटकथा र निर्देशक गरी सात विधामा अवार्ड जित्यो ।

०६६ मा डिजिटल प्रविधिमा निर्माण भएकामध्ये १६ फिल्मले प्रतिस्पर्धा गरेको सम्झना डिजिटल फिल्म अवार्डमा रेखाले हिफाजत फिल्मबाट सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् भने आर्यनले कोही मेरोबाट सर्वात्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।

आफ्नो मान्छे आफ्नै हुन्छबाट अञ्जना गुरुङले सर्वात्कृष्ट पाश्र्व गायिका, विकास आचार्यले सर्वात्कृष्ट पटकथा, देशभक्त खनालले सर्वात्कृष्ट चरित्र अभिनेता, अरुणिमा लम्सालले सर्वात्कृष्ट सहअभिनेता, मुकेश ढकालले सहअभिनेता र ऋषि लामिछानेले सर्वात्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।

विभिन्न २६ विधामा अवार्ड वितरण गरिएको प्रतियोगितामा दसगजा फिल्मले जुरी अवार्डसहित सर्वात्कृष्ट कथा र संवाद गरी तीनवटा अवार्ड जित्यो । यो फिल्मबाट नवल खड्काले सर्वात्कृष्ट कथाकार र शिवम अधिकारीले संवादको अवार्ड जिते । सर्वात्कृष्ट अभिनेत्रीसहित हिफाजतबाट आयुष रिजाल सर्वात्कृष्ट नवनायक घोषित भए भने यसै फिल्मबाट राजेन्द्र खड्गीले सर्वेत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जिते । हिफाजतले झैँ पहिलो-पहिलो मायाले पनि तीन विधामा अवार्ड

जित्यो । यस फिल्मबाट महेश खड्काले सर्वात्कृष्ट संगीतकार, दीपक लिम्बूले सर्वात्कृष्ट पाश्र्व गायक र इशान रावतले सर्वाेत्कृष्ट बालकलाकारको अवार्ड हासिल गरे । कोही मेरोले सर्वाेत्कृष्ट अभिनेतासहित छायाकारको अवार्ड जित्यो । यो फिल्मबाट राजुविक्रम थापाले सर्वेत्कृष्ट छायाकारको अवार्ड पाए । फस्र्ट लभबाट ऋचा शर्मा सर्वाेत्कृष्ट नवनायिका र सिमोस सुनुवार सर्वाेत्कृष्ट सम्पादकको अवार्ड जिते ।

बसमा छैन यो मन, दिलमाया, कन्यादान, माता त माया हो, गुरुदक्षिणा र द युगदेखि युगसम्मले भने एउटा विधामा मात्र अवार्ड जिते । राजबल्लभ कोइरालाले बसमा छैन यो मनबाट सर्वाेत्कृष्ट खलनायकको अवार्ड जिते । दिलमायाबाट अमृत रेग्मीले सर्वात्कृष्ट गीतकार घोषित भए । शोभित बस्नेतले कन्यादानबाट सर्वाेत्कृष्ट हास्य अभिनेताको अवार्ड जिते । माया त माया होबाट गोविन्द राईले सर्वाेत्कृष्ट नृत्य निर्देशकको अवार्ड जिते भने

सरिता गिरीले गुरुदक्षिणाबाट सर्वोत्कष्ट चरित्र अभिनेत्रीको अवार्ड पाइन् । यसैगरी द युगदेखि युगसम्मबाट दीपेन्द्र के खनालले नवनिर्देशकको अवार्ड जिते ।

फिल्मकर्मी मोहन निरौला, सञ्चारकर्मीसमेत रहेका विजयरत्न तुलाधर र राजेश खनाल निणर्ायक रहेको अवार्डमा विभिन्न कलाकारले गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक शोभित बसेलको गीतिएल्बम न्युरोडको समेत विमोचन गरिएको थियो ।

साभार: नयापत्रिका

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।