झरनालाई पाँच जना हिरो

काठमाडौं, पुस १३ (नागरिक) - अभिनेत्री झरना थापाले फिल्म 'केटी हराएको सूचना'को निर्माण घोषणा गरेको निकै भयो। उनको होम प्रोडक्सनको फिल्म 'तकदीर'ले सन्तोषजनक व्यापार नगरेपछि उनी नयाँ फिल्मको निर्माणमा जुटेकी थिइन्। बाहिरका फिल्ममा व्यस्त रहेकाले आफ्नो फिल्म बनाउन नभ्याएको बताउँदै आएकी झरनाले अन्ततः यो फिल्मको काम स्थगित गरेकी छिन्। ब्रजेश खनालको स्क्रिप्टमा दयाराम दाहालले यसको निर्देशन गर्ने पक्का भइसके पनि उनको ध्यान अन्तै मोडिएको छ। 'रिभेन्ज स्टोरीमा बनाउन लागेको फिल्म थियो त्यो। तर, अहिलेको परिवेशमा कथा अलिक सुट हुँदैन कि भनेर फेर्‍यौं,' यो फिल्म स्थगित गरिएपनि अर्को फिल्मको निर्माणकार्य छिटै सुरु गरिने उनले जानकारी दिईन्। उनले नयाँ फिल्मको नाम राखेकी छिन् 'साथी बिना'।

फिल्मको नामसँगै कथामा परिवर्तन भएको उनले जानकारी दिइन्। 'साथी बिना'लाई कमेडी शैलीको बनाउने उनले बताइन्। यो फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन्। 'तर, निर्देशक भने दयाराम दाहाल नै हुनुहुन्छ। यो समयमा रमाइलो फिल्म नै ठिक होला जस्तो लागेर यसो गरेका हौं,' उनले भनिन्।

यो फिल्ममा पाँच जना हिरोका साथ आफू देखिने उनले खुलाइन्। होम प्रोडक्सनका फिल्ममा आफ्नै रोललाई महत्व दिँदै आएकी झरनाले यसमा भने सबैलाई उत्तिकै न्याय गर्ने उल्लेख गरिन्। 'पहिलेका फिल्ममा पनि मेरो मात्र ठूलो भूमिका थियो भन्नु गलत हो। यसमा पाँच जना हिरो बराबरकै रोल हुनेछ मेरो।' चल्तीकै हिरोलाई लिने निर्णय गरेपनि उनीहरुको नाम खुलाउन भने झरनाले चाहिनन्। 'एग्रिमेन्ट भएपछि भनौंला नि,' उनले भनिन्।

Source: Nagarik News

3 प्रतिकृया/हरु:

Anonymous said...

jharana ji 5jana haina 7jana hero sanga pani kam garda tapaile saknu hunchha

Anonymous said...

5haina 10jana garda thik hun6 tapaiko chhyamata herda

Anonymous said...

O cool it awesome jharna thapa g

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।