कतै पूजाको भ्रम त हैन ?

चार बर्ष पछि एक महिनाका लागि नेपाल आएकी अभिनेत्री पूजा चन्दले आफुले लेखेका दश गीतहरू संगालो एल्बम 'कसरी सम्झाउँ' को अडियो विमोचन गर्नुको साथै एक म्यूजिक भिडियो समेत तयार पारिन् । मंगलबार केही चलचित्रकर्मीको उपस्थितिमा उनले आफ्नो त्यो दश बर्ष अघिको कथालाई गीत मार्फत दर्शक र श्रोतामाझ ल्याएकी हुन् । दश बर्षअघि पति सुरज चन्दसँग सम्बन्ध विच्छेद भएपछि उनले तयार पारेको एल्बमको शिर्ष गीतको म्यूजिक भिडियोमा एउटा यस्तो कथा समेटिएको छ जुन कथामा पूजा भ्रममा परेको अन्तिममा थाहा हुन्छ ।


भनिन्छ साहित्यका रचनाहरू स्वयम रचनाकारको आफ्नै अनुभव र भोगाई हो । यसै गरी पूजाले आफूले भोगेका ती अनुभवलाई शिर्ष गीत 'कसरी सम्झाऊ म...', 'यो नबुझ्ने मन...' मार्फत प्रस्तुत गरेको देख्दा लाग्छ सुरजसँग सम्बन्धमा बिग्रनुको कारण स्वयम उनी नै हुन् । प्रशन्न पौडेलले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नायक दिवस उप्रेती र आफ्नै भदै रोमिनाको साथमा पूजाले अभिनय गरेकी छिन् ।

पूजाको जीवनसँग झण्डै मिल्ने उक्त भिडियोमा विजनेशको सिलसिलामा पति दिवसले उनलाई समय दिन भ्याएका हुदैनन् र केही वेवास्था पनि गरेका हुँदैनन् । असिस्टेन एक युवतीसंग हरपल रहिरहने दिवसको त्यो क्रियाकलाप देखि पूजा दिक्क हुन्छिन् । घरमा पुजा नभएको समय एक दिन सोही असिस्टेन र दिवस आएका हुन्छन् । घर आएपछी सो असिस्टेन्ट कफि बनाउन भान्छामा गएकी हुन्छिन् । अकस्मात पुजा घर आईपुग्छिन् तर असिस्टेन्ट ती युवतीलाई देखेपछी पूजा झन रिसाउछिन् । त्यसपछी दिवसको आग्रहमा त्यो युवतीसंग उनको परिचय हुन्छ र ती युवतीले बनाईरहेको दुई कप कफि पूजा आफैले ल्याउने निर्णय गर्छिन् । तर भान्छा पुगेपछी उनको मुड एकाएक चेन्ज हुन्छ र ती दुवै कफिमा उनले बिष मिसाई दिन्छिन् ।

आफ्नो पति पर स्त्रीको अगाडी झुम्मिएको देखेपछी मन थाम्न नसकेकी पूजाले नचाहादा नचाहदै पति र त्यो युवतीलाई बिष मिर्साईएको कफि पिउन दिन्छिन् र एकाएक उनीहरूको मृत्यु हुन्छ । तर पूजालाई थाहा हुदैन त्यो क्षण उनको जन्म दिन हो भनेर । आफ्ना पति र त्यो युवती मिलेर उनलाई र्सपर्राईज बर्थडे वीस गर्न लागेको कुरा उनले संगैको टेवलमा राखिएको आफ्नै नाम लेखिएको केक देखेर मात्र थाहा पाउछिन् । तर त्यो समय दिवस र ती युवतीलाई बचाउन निकै ढिलो भैसकेको हुन्छ । अनि जेल पर्छिन उनी र कथा सकिन्छ त्यसै गरि ।


माथिका कथालाई केही आधार मानेर हेर्ने हो भने र केही तर्कहरू प्रस्तुत गर्ने हो भने कुनै युवतीको कारण पूजाको वास्तविक जिवनमा पनि दरार उत्पन्न भएको थियो । त्यही कारणले समान्य मन मुटाव उत्पन्न भएपछी सुरज चन्दसंग उनले छुट्टै बस्ने निर्णय गरेकी थिईन् । सुरजसंग छुट्टिएको केही अन्तरालपछी उनी आफ्नी छोरी च्यापेर अमेरिका पलायन भईन । एक मिहिनामा पूजाकोक्रियाकलापहरू हेर्दा सुरजलाई अझै पनि उनी चाहान्छिन् ।

यसको उदाहरण यसरी दिउँ, मंगलबार अपरान्ह उनले आफ्नो एल्बम विमोचन गरेकी थिईन् । सो एल्बम विमोचनमा उनका शुभचिन्तक देखि लिएर केही चलचित्रकर्मी र सञ्चाकर्मीको साथमा छुट्टिएका भनिएका उनको पति सुरज चन्द पनि उपस्थित थिए । मन नपर्ने मान्छेको त अनुहार पनि हेर्न मन लाग्दैन, उसका बोली पनि सुन्न मन लाग्दैन अझ शुभकार्यमा त्यस्ता व्यक्तिको पाईला पनि पर्न दिईदैन तर पूजाले आफ्नो त्यो खुशी साट्न सुरजलाई किन निम्ता दिएकी होलिन ? अझ फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अमेरिकाबाट फर्किएको भोली पल्टै पुजाले सुरज चन्दसंग भेटघाट गरेकी थिईन् । यि कुराहरूलाई मूल्याकंन गर्ने हो भने पूजा र सुरजको सम्बन्धमा प्रश्न गर्ने धेरै ठाँउहरू छन् ।


के अझै पनि पूजाले सुरजलाई चाहन्छिन् ? वा छुट्टिदाको त्यो समयमा पूजाकै गल्ती थियो र पूजाले बारम्बार सुरजलाई भेटिरहेकी छिन् । अनि सुरज पनि के पूजालाई अझै चाहन्छन ? पक्कै पनि यि दुईले एक अर्कालाई अझै पनि चाहान्छन् नभए पुजाले सुरजलाई किन बोलाउनु ? सुरज लुरूक्क पर्दै जहाँ बोलायो त्यही किन आउनु ?
Source: FilmyKhabar.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।