२०११ मा निर्देशक

राजेश हमालले आठ वर्षअघि घोषणा गरेका थिए, 'म चलचित्र निर्देशन गर्छु ।' त्यसो भनेको एक दशक पुग्न लाग्दा उनले फेरि घोषणा गरे- '२०११ भित्र चलचित्र निर्देशनको थालनी गर्छु भन्ने सोचेको छु ।' गत साता नेपाली चलचित्रको बेबपोर्टल मेरो सिनेमा डटकमलाई अन्तर्वार्ता दिने क्रममा राजेशले भनेका छन्- 'सिनेमा लाइन नै मेरो पेसा हो । मेरो सोख यसैमा केन्दि्रत छन् । सिनेमा निर्माण अवश्य गर्छु, तर त्योभन्दा पनि निर्देशन गर्ने इच्छा छ । चलचित्र निर्देशनमा पूरा समय दिनसक्नुपर्छ, मैले यतिबेला समय निकाल्न सकिरहेको छैन ।
अभिनेताका रूपमा यति व्यस्त छु कि आफूलाई फुर्सदलो तुल्याउन सकिरहेको छैन । मेरो इच्छा निर्देशन गर्नुनै हो । निर्देशन गर्नु भनेको अरूले बनाएजस्तो कामलाई निरन्तरता दिनु होइन, आफूले काम गरेपछि केही पृथक हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसमा मेरो आफ्नै स्वाद दिन सकियोस् भन्ने चाहना छ । यसका लागि गृहकार्यको चााजोपााजो मिलाउनुपर्छ ।' उनले त्यसो भने पनि उक्त कुरा भनाइमा मात्र सीमित छ किनभने-२०११ आउन अब डेढ महिना मात्र बाँकी छ । राजेशले न त कुनै स्त्रिmप्टको खोजी गरेका छन्, नत कुनै निर्माण संस्थाको दर्ता नै । यो कुरा पनि बिहे गर्छु भन्ने उनको कथन जस्तै हो कि ?
Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।