अधुरै रहयो नागरिकताको इच्छा

'दुई दिनअघि उहाँलाई यहाँ ल्याइएको हो। अवस्था यति नाजुक थियो कि इन्डेसकोपी गर्न पनि सकिएन,' उनले भने।


गृहमन्त्रालयका पदाधिकारीले नागरिकताको आश्वासन दिए पनि कार्यान्वयनमा ध्यान नदिएको आरोप द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले लगाए। 'हिजोमात्र म काम कहाँ पुग्यो भनेर बुझ्न गृह मन्त्रालय गएको थिएँ। गृहमन्त्रीले सही गर्न बाँकी छ भनेर फर्काइदिए,' उनले नागरिकसँग भने, 'विकास बोर्डदेखि प्रधानमन्त्रीलाई बिन्ती गर्दा पनि काम भएन।'

नेपालको इलाममा जन्मिएका भुटानी भारतको मुम्बई हुँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनलाई निर्देशक स्वर्गीय प्रकाश थापाले फिल्म 'मनको बाँध'का लागि नेपाल ल्याएका थिए। करिब ४० वर्षअघि नेपाल आएका भुटानी भारत फर्किएनन्। 'मनको बाँध'बाट अभिनय थालेका भुटानीले प्रकाश थापाकै निर्देशन रहेको फिल्म 'जीवनरेखा'बाट द्वन्द्व निर्देशन सुरु गरेका थिए। नेपाली फिल्ममा फाइट राख्ने परम्पराको श्रेय भुटानीलाई दिइन्छ।

फिल्ममा कला निर्देशन र इन्डोर सुटिङको परम्परा पनि उनैले सुरु गरेका थिए। उनको सहायक भएर काम गरेका राजेन्द्र खड्गी फाइट निर्देशनमा अग्रपंक्तिमा पर्छन्। उनले भुटानीलाई गुरु एवं प्रेरणाको स्रोत मान्दै आएका छन्।

भुटानीले अभिनय एवं कला निर्देशन गरेको फिल्म 'गोर्खापल्टन' चलिरहेको छ भने 'जलजला'को पोस्ट प्रोडक्सन भइरहेको छ।

'विश्वास' फिल्मको कुरा हो यो। उहाँलाई कराते फाइट चाहिने रहेछ। 'पहिले फाइट देखाऊ अनि के गर्ने भनौंला' भन्नुभयो। मैले सकेको गरेँ। उहाँलाई मन परेछ। त्यही फिल्मबाट म गुरुबाको सहायक भएँ र कलाकार पनि। 'विश्वास'बाट सुरु भएको गुरुचेलाको सहकार्य करिब आठ वर्ष चल्यो। 'युगदेखि युगसम्म'बाट म पनि फाइट डाइरेक्टर भएँ। उहाँबाटै प्रेरणा र आँट पाएर म निर्देशन गर्न तम्सिएको थिएँ।
फाइट डाइरेक्टर भएर काम गरिसकेपछि पनि गुरुबाका धेरै फिल्ममा सहायक भएँ। फाइट पनि खेलेँ। अहिले हामी जति क्रियाशील छौं, गुरुबाकै देन हो। उहाँले फिल्ममा फाइट सुरु नगरिदिनु भएको भए हामीमात्र होइन धेरै हिरोहरूको यो दिन देख्न पाइँदैनथ्यो। हावामा उड्नेदेखि लहरामा झुन्डिनेसम्मका द्वन्द्वकला उहाँले नै सिर्जना गर्नुभएको हो।

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।