गणतन्त्र नेपालमा राजकुमारीको प्रेम

सन्तोष पोखरेल, पोखरा, मंसिर १०- हुस्सुका कारण पछिल्लो दुईसातादेखि पोखरामा राम्रोसँग घाम लागेको छैन। चिसो मौसम भएपनि निर्देशक राजु गिरीलाई भने फिल्म 'चन्द्रावती' सुटिङको तातोले छोएको छ। 'मौसम नखुलेर अलि अप्ठ्यारो पार्‍यो। बिहानैदेखि सुटिङ गर्ने तयारी गरेपनि घाम पर्खिदा ढिला भयो' उनले आफ्नो पिर सुनाए। गणतन्त्र नेपालमा बनिरहेको 'चन्द्रावती'मा आयुस रिजाल रणवीर सेनापति भूमिकामा र राजकुमारीमा शशी खड्का छन्।

'बाईसे र चौबिसे मुलुकको अवस्था झल्काउने परिवेस हो यो। म राजकुमारीको प्रेममा फस्ने सेनापति हुँ,' हिरो आयुषले आफ्नो भूमिका खुलाए।

मौसममा केही सुधार आएपछि गीतको सुटिङ सुरु भयो। अर्जुन पोखरेलको लेखन र संगीतको 'जुनीजुनी सयौं जुनी सँगै बाच्न पाउँ' भन्दै एक अर्कालाई गुहार्न थाले आयुष र शशी। 'पाल्पा र भोटको लडाईको चपेटामा परेकी भोटकी छिन् राजकुमारी। उनलाई उद्धार गर्ने क्रममा सेनापतिसँग प्रेम सम्बन्ध गाँसिन पुग्दा यो अवस्था आएको हो' नृत्य निर्देशक शिब शर्माले भने, 'राजकुमारीलाई उनको राज्यमा पुर्‍याउने जिम्मा पाएका सेनापति आफै राजकुमारीको मायाजालमा फसेका छन्।'

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।