'मलाई चिसोको समस्या भएकाले बाँसबारीस्थित माइतीमा केहि समय बस्न आएकी हुँ,' बुधबार एक कार्यक्रममा उपस्थित उनले नागरिकको जिज्ञासालाई स्पष्ट पार्दै भनिन्, 'अहिले पनि कहिलेकाँहि उता (श्रीमान्ले भाडामा लिएको घर) जाने गरेकी छु।'
मनिषाका अनुसार बुढानिलकण्ठको उक्त घर लोकेसन र सुविधाको हिसाबले राम्रो भए पनि जाडो महिनामा अलिक चिसो हुनेगर्छ। हनिमुनदेखि उनीहरुको जोडी यसै घरमा बस्दै आएको थियो।
जन्मथलो विराटनगर र कर्मथलो मुम्बई रहेकाले चिसोमा बस्ने बानी नभएको र केही दिनअघि बिरामीसमेत परेको उनको भनाइ थियो।
'यसैबीच सम्राट पनि प्रोजेक्ट म्यानेजमेन्टको गोष्ठीमा भाग लिन टर्की गएपछि माइती गएर बसेकी हुँ,' उनले भनिन्, 'एक्लो महशुस भएपछि यता आएकोमा चिसोको कारण पनि तत्कालन नफर्किएकी हुँ।'
श्रीमान् भाइटिकाका दिन काठमाडौं फर्किएपछि कहिले यता कहिले उता बस्दै आएको बताउने उनले विवाहित चेलीले मनलागेको बेला माइतीमा बस्न सक्ने दाबी पनि गरिन्।
'हामी बीचको सम्वन्ध अझ राम्रो हुँदै गइरहेको छ,' मनिषाले स्पष्ट पारिन्, 'मैले गर्न चाहेको काममा सम्राटबाट सहयोग र सल्लाहसमेत पाउदै आएकी छु।' Source: Nagarik News
1 प्रतिकृया/हरु:
manisha ji plz hajurko mandir jasto gharma kasaiko pani akhanagalos plz hosiyar rahanus hola hajurko haruko jodi ta atinai ramro cha ok be care full ok best up luck
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।