असमझदारी किन ?

मंसिर एक गते गर्ने भनिएको चलचित्र 'बाटो मुनिको फूल'को गीति एल्बम बिमोचन हुन सकेन । प्रीमियरको क्रममै एल्बम रिलिज गर्ने बताइएको छ । यो मात्र होइन प्रमोसनको गति जति तीव्र हुनुपथ्र्यो त्यो पनि हुनसकेको छैन । चलचित्र रिलिज हुन करिब एकसाता बाँकी रहेपनि मिडियामा अपेक्षाकृत पब्लिसिटी त हुनसकेको छैन नै कलाकार पनि प्रमोसनमा भन्दा अन्य काममा व्यस्त छन् । बताइएअनुसार यतिबेला निर्माणपक्षबीचको असमझदारीले चलचित्र 'बाटो मुनिको फूल'को प्रमोसन बिथोलिएको छ ।

कार्यकारी निर्माता राजेश घतानीले धेरैजनासँग मिलेर काम गर्दा असहज भएको स्वीकार गरे । भन्छन् 'पार्टनरसिपमा काम गर्दा भनेजस्तो हुँदो रहेनछ ।' यसले गर्दा सोचेजसरी मिडियामा पनि पब्लिसिटी नभएको कुरालाई घतानीले आत्मसात गरे । निर्माता तथा कुनैसमय घतानी निकट मानिने गायक तथा नायक यशकुमार पनि चलचित्रको कामलाई लिएर सन्तुष्ट छैनन् । यी दुईबीचको आपसी खिचतानी र टकराव यतिबेला चलचित्रको प्रमोसनमा प्रत्यक्षरुपमा परेको छ । सूत्रका अनुसार यशकुमारले घतानीका काममा अवरोध गर्ने गरिरहेका छन् ।

आगामी मंसिर १० गते 'बाटो मुनिको फूल' रिलिज हुँदैछ । निर्माता तथा स्टेज हिरो घतानीले बुधबारबाट प्रीमियरको तयारी थालिने जानकारी दिए । पार्टनरसिप व्यवसायमा असमझदारी हुनु अस्वभाविक होइन यद्यपी सबैले आशा गरेको चलचित्र रिलिज अगावै यस्तो सन्देश प्रवाह हुन गलत हो । कतै यो गलत पब्लिसिटीको प्रयास त होइन ? जे भएपनि खबर साँचो हो भने सहमतिमा विवाद टुंग्याइनुपर्छ किनभने रिलिजको दिन पनि टाढा छैन । Source: Mero Cinema
Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।