मुक्तिनाथ पुगे कर्म

अभिनेता कर्म आफ्नो मोटरसाइकललाई यति माया गर्छन् कि पछिल्लो समय उनको आदत नै 'बाइकस्र ब्वाय'का रुपमा बदलिएको छ । आफ्ना पिताले के बाइक उपहार दिएका थिए त्यसपछि उनी र बाइकबीच सम्बन्ध गाढा बनिरहेको छ । हरेक साता त्यही बाइक चढेर उनी कहिले मलेखुमा असला माछाको स्वाद चाख्न पुग्छन् भने कहिले डेटिङ यस्तै यस्तै…। यो साता भने उनी हिमालपारिको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगे बाइक लिएर दर्शन गर्न ।

कान्तिपुर एफएमका आरजे साथी रेमनलाई लिएर उनी तीनहजार मिटर माथिको मुक्तिनाथ उचाइमा पुगे । हिमालपारिको पठारमा बाइक हाँक्न यी 'फस्टलभ' हिरोलाई कम्ती असहज भएन । रोचक त बाइक भएपछि पहिलोपटक उनी यति टाढा टुरमा निस्किएका हुन् । अब सोलु हानिन चाहन्छन् उनी । 'इन्ट्रेस्टिङ' चेल्सीका डिडियर ड्रोग्वा कपालको स्टाइलधारी हिरोले भने 'बाइक लिएर अब यस्तै लामा टुरमा निस्किने छु ।'

मुक्तिनाथ उनलाई निकै मनपर्‍यो रे, त्यो भन्दा पनि त्यहाँबाट देखिन हिमालयको सांगि्रलाबाट उनी लोभिएछन् । अर्को वर्ष बाइक लिएर चीन सीमावर्ती उपल्लो मुस्ताङको लोमान्थाङ जाने योजनामा छन् उनी । आखिर कर्मले मुक्तिनाथ मन्दिरमा के मनोकाङ्क्षा मागे ? करियर, राजकुमारी या अन्य …। साता लामो बाइक मुस्ताङ टुरमा निस्किएर आइतबार राजधानी फर्किएका उनी अहिले 'पर्पल डेज'को कास्टिङ डिरेक्सनमा व्यस्त छन् । Source - MeroCinema
Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।