पाथिभरालाई भाकलको फूल

काँकडभिट्टा, कार्तिक १७ - दुई वर्षअघि गायक यशकुमार, कलाकार राजेश घतानीलगायतको एक टोली पूर्वी ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवीको दर्शनका लागि गएको थियो । बाटोमा चलचित्रका धेरै प्रसंगहरू निस्किएका थिए । यशकुमारले 'थोरै लगानीमा भए पनि एउटा फिल्म बनाउन पाए हुन्थ्यो' भनेर साथीहरूसँग इच्छा व्यक्त गरेका रहेछन् । उनले त्यसबेला यस्तो फिल्म ठीक होला भनेर कथा पनि भनेका थिए । यशकुमारले पाथिभरा जाने क्रममा भनेको त्यही कथा अहिले 'बाटोमुनिको फूल' बनेर आएको रहेछ ।

चलचित्रका कार्यकारी निर्माता घतानी भन्छन्, 'हामीले त्यहाँ जाँदा गरेको भाकलले आज मूर्त ण्रूप पाएको छ ।' घतानीका अनुसार पाथिभराको दर्शन गरेर फर्किएपछि आर्थिक रूपमा पनि केही दहि्रलो बनेर यो फिल्मी योजना अघि सरेको हो ।

प्ााथिभरा दर्शन गरेर काठमाडौ फर्किएको केही सातामैं यशकुमार, बाबु बोगटी र राजेश घतानीले सानो लगानीमा ऋदम गजल रेस्टुरेन्ट खोल्न सफल भए । त्यसपछि ऋदम फिल्म प्रालिको औपचारिक दर्ता पनि भयो । होटलपछि ऋदम गोल्ड सेन्टर भनेर एउटा सुन पसलसमेत खोलेछन् साझेदारीमा । त्यसले पनि राम्रै आम्दानी गरिरहेको छ । अहिले यही फिल्म प्रालिकै ब्यानरमा चलचित्र निर्माण भएको छ । यसलाई तीनै जनाले पाथिभरा दर्शनपछिको उपलब्धिको रूपमा हेरेका छन् । यही खुसियालीमा निर्माता घतानीलगायतको एउटा टोलीले हालै पुनः पाथिभरा पुगेर चलचित्रको पहिलो पोस्टर टाँसेर फिरेको छ ।

गायक हुँदै नायक बनेका बाबु बोगटी केही दिनअघि पूर्वका विभिन्न जिल्ला घुमेर राजधानी फिरेका छन् । अर्का कलाकार यशकुमारले पनि केही दिन पूर्वमै विताए । उनले पथरी, शनिश्चरेलगायतका क्ष्ाेत्रका साथीभाइलाई भेटेर नेपाली चलचित्रबारे बातचित राखेका

थिए । रिलिज हुन लागेका बेला 'बाटोमुनिको फूल' चलचित्रका कलाकार तथा निर्माताहरू जिल्ला दौडाहामा व्यस्त छन् । कार्यकारी निर्माता राजेश घतानीले त प्रवासको दार्जिलिङ र सिक्किममा पनि चलचित्र प्रचार गर्न

भ्याएछन् ।

'चलचित्रको प्रबर्द्धनकै लागि हो यो अभियान,' पूर्वाञ्चल भ्रमणबारे बाबुले भने । इटहरीमा सम्पन्न पूर्वाञ्चल महोत्सवमा सहभागी बन्न आएका उनले झापा र मोरङका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागिता राखे । झापाको दोमुखामा पूर्वाञ्चलका युवाले आयोजना गरेको एउटा जमघटमा उनले गीतसँगै आफ्नो नयाँ चलचित्रको विज्ञापन गर्ने अवसर पनि गुमाएनन् । 'हाम्रो नयाँ चलचित्र रिलिज हुनै लागेको छ, एकपटक हेरिदिएर सुझाव दिन अनुरोध गर्दछु,' बाबुले भने ।

झापाको सुरुंगामा आयोजित जिल्ल्ाास्तरीय फुटबल प्रतियोगितामा पनि उनी एकपटक पुगे र शुभेच्छुकमाझ भने, 'फिल्म हेरेर सहयोग गरिदिनुहोला ।' बाबुले दमकस्थित पाथिभरा एफएम र झापाकै पहिलो सामुदायिक रेडियो सरगममा पनि अन्तर्वार्ता दिन भ्याए । आफ्नो पूर्व दौडाहा र चलचित्रका बारेमा उनले अन्तर्वार्ताको सम्पूर्ण समय खर्चिएका थिए । 'केही हल मालिकसँग पनि कुरा गरेका गरै,' यी चक्लेटी हिरोले भने, 'हल मालिकहरू पनि चलचित्र चलाउने कुरामा सकारात्मक देखिएका

छन् ।' यसअघि कहिल्यै नेपाली चलचित्र नचलेको विराटनगरस्थित हलका मालिकसँग पनि उनले कुरा गरेका थिए ।

चलचित्र युनिटले दसंैलगत्तै विदेशबाट चलचित्र रिलिज गर्ने लक्ष्य लिएको थियो । तर, प्राविधिक कारणले भनेजस्तो भएन । कतार, मलेसिया, इजरायल, अमेरिका, दुबईलगायतका मुलुकमा केही समयपछि मात्रै चलचित्र प्रदर्शन गर्ने कार्यकारी निर्मात घतानी बताउँछन् । 'निर्धारित समयमा चलचित्र निर्माण हुन नसक्दा विदेशबाट रिलिज गराइने योजना सरेको हो,' घतानीले भने, 'केही समयपछि मात्रै विदेशतिर जान्छौ होला ।'

'बाटोमुनिको फूल' नितान्त नेपाली जनजीवन र कथावस्तुमा आधारित चलचित्र रहेको निर्माण युनिटको दाबी छ । युनिटले भनेको ६ यसमा आयातीत कथा र संगीत केही छैन । बरु आफ्नै नेपाली जीवनशैली समेट्न खोजिएको छ । बाटोमुनिको फूललाई विम्ब मानेर चलचित्रमा त्रिकोणात्मक प्रेमप्रसंग देखाउन खोजिएको छ । Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।