भुँडीको भारी

मासु र मिठाई भनेपछि मरिहत्ते गर्नुहुन्छ ? खान थालेपछि पेट नचर्केसम्म उठ्नुहुन्न ? बिहान अबेरसम्म सुत्नुहुन्छ र व्यायाम पनि गर्नुहुन्न ? यस्तो दैनिकीमा अभ्यस्त हुनुहुन्छ भने ठोकुवाका साथ भन्न सकिन्छ, तपाईंको भुँडी बढ्दैछ । यदि भातप्रेमी हुनुहुन्छ, आलुका परिकारमा र्‍याल चुहाउनुहुन्छ, पानीको सट्टा कोलडि्रङ्समा रमाउनुहुन्छ, फास्टफुडलाई सजिलो र स्वादिलो मान्नुहुन्छ । यति भएर पनि व्यायामदेखि तर्सनुहुन्छ भने अनुमान लगाउन गाह्रो छैन, तपाईं भुँडे नै हुनुहुन्छ । मान्छेको भुँडी कसरी बढ्छ ? प्रश्न खस्न नपाउँदै मोटोपन घटाउन सघाउन खोलिएका हेल्थ क्लबका परामर्शदाताहरूले एक सासमा यति कुरा भनिसिध्याउँछन्। चिकित्सक, योग शिक्षक र फिटनेस शिक्षक पनि यस्तै तर्क गर्छन्। फलानो चीज खाने वा नखाने, यसो गर्ने वा नगर्ने भन्ने सल्लाह पनि दिन्छन्। एक घन्टादेखि दुई घन्टासम्म व्यायाम गर्ने, आठ घन्टा अनिवार्य सुत्ने, पानी प्रसस्त पिउने, भात खानेबित्तिकै पानी नपिउने वा नसुत्ने। यस्ता निर्देशन दिन पनि उनीहरू चुक्दैनन्। अनुभव वा किताबी ज्ञानले नै किन नहोस्, उनीहरूका उपदेश चिकित्साशास्त्र अनुकूलचाहिँ छन्। यस्तै सल्लाहबमोजिम सहरका गल्ली, चोक, चौर र सडकपेटीमा एकाबिहानै भुँडी हल्लाउँदै दौडिनेदेखि व्यायाम केन्द्रमा धाउनेहरूको ताँती पनि देखिन्छ। From: Nepal Rastriya Saptahik
Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।