जादुगर महादेब त्रिपाठीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘जादुगर’ को शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । बिशेष गरी बालबालिकाहरूलाई लक्षित गरेर निर्माण गरिएको सो चलचित्र बालमनोबिज्ञानमा आधारित छ ।
चलचित्र ‘जादुगर’ मा त्रिपाठीले स्वर्गिय गायक माईकल ज्याक्सनको सम्झनामा ज्याक्सनकै एक गीतमा आकर्षक नृत्य गरेका छन् । गायक ज्याक्सनको फ्यान भएकोले उनको सम्झनामा चलचित्रको शुरूमै उक्त नृत्य राखिएको कलाकार त्रिपाठीले जानकारी गराए ।
महादेब त्रिपाठीको मुख्य भुमिका रहेको चलचित्र ‘जादुगर’ मा ४० जना बालबालिकाको साथमा शेर बहादुर डिसी, रेशम फिरिरि, अञ्जु थापा, सुनिता लामा, शिब नगरकोटी, मधुश्री न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा बिनोद खम्बुको संगित, शंकर बिसीको नृत्य, रामनारायण चौधरीको छायाँकन, खेम बहादुर गुरूङको सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द रहेको छ । From: Filmy Khabar
Cool awesome i will come to Nepal to watch this movie...... loll...jk///////'''''''''''{()}........
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।
1 प्रतिकृया/हरु:
Cool awesome i will come to Nepal to watch this movie...... loll...jk///////'''''''''''{()}........
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।