श्रीकृष्ण र श्वेता 'श्रीमान श्रीमती'

काठमाडौं, भदौ ८ (नागरिक)- फिल्म 'कहाँ भेटिएला'का जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'श्रीमान श्रीमती'का रूपमा देखिने भएका छन्। ऋषि लामिछानेको निर्देशनमा बन्ने फिल्म 'श्रीमान श्रीमती'मा उनीहरूलाई यस्तो भूमिका मिलेको हो। राजधानीमा सोमबार मुहूर्त गरिएको फिल्ममा यो जोडीको साथ सरिता लामिछाने, देशभक्त खनाल, जितु नेपाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकार देखिने छन्।

कार्यक्रममा निर्देशक लामिछानेले श्रीकृष्ण र श्वेतालाई गत वर्षको हिट जोडीको रूपमा व्याख्या गर्दै आफ्नो फिल्मको कथामा सुहाउँदो रहेको बताए।

अभिनेता श्रेष्ठले कथा मन परेकोले फिल्म खेल्न तयार भएको बताए। 'म फिल्मको संख्या बढाउने पक्षमा छैन। यो फिल्मको भूमिका चित्त बुझेकोले खेलेको हुँ,' उनले भने। मुनाल घिमिरेको प्रस्तुति रहेको 'श्रीमान श्रीमती'को मंगलबार नै सुटिङ थालिने जनाइएको छ।

फिल्ममा विपीन आचार्यको संगीत र शिवम् अधिकारीको स्क्रिप्ट रहेको छ। यसमा दीपक बान्तवाको छायांकन र वसन्त श्रेष्ठको नृत्यनिर्देशन रहने छ। From: Nagarik News

1 प्रतिकृया/हरु:

Anonymous said...

sachai ni real life ma husband n wife bhayadhaki kasto huntho hola ni???/

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।