राजेशको ननभेज जोक

राजेश हमालले पनि ठट्टा गर्न जानेका छन् । उमेर बढ्दै गएपछि उनको ठट्टा गर्ने शैलीमा पनि प्रगति हुँदैछ । चलचित्रको छायांकनका बेला साथीभाइले सुनाएका 'ननभेज जोक'मा किल्किले देखिने गरी ४० डे सिबलको अट्टहास लगाउने राजेश हमाल आफैँ पनि जोक भन्ने प्रयत्न गरिरहन्छन् । केही समयअघि राष्ट्रिय नाचघरमा एउटा शान्ति गीतको म्युजिक भिडियोको छायांकन भैरहेको थियो । चर्चित कलाकार, पत्रकार आदिलाई अभिनय गराइएको उक्त गीतमा सबैलाई शान्तिको प्रतिक अंकित सेतो टिसर्ट लगाउन दिइएको थियो । व्यस्त नायक हमाल भने दिनभरि कुनै चलचित्रको छायांकन सकेर उक्त गीतमा एक झलक दे खिन नाचघर पुगे । उनको दृश्य खिचिएपछि पूरै गीतको छायांकन सकियो । त्यसपछि हमालको 'जोक मुड' बन्यो । सेतो टिसर्ट लगाएका केही युवायुवतीले टिसर्टमै राजेशको अटोग्राफ लिन थाले । त्यो भीडमा नायिका झरना थापा पनि पुगिन् । उनले पनि सेतै टिसर्ट लगाएकी थिइन् । टिसर्टको अघिल्लो भाग तान्दै उनले पनि राजेश हमाललाई जिस्काइन्- 'अटोग्राफ प्लिज ।' त्यसपति राजेश उनको छातीको उभारतर्फ संकेत गर्दै जिस्किए- 'टिसर्ट किन उचाल्नुभएको, त्यो त्यत्तिकै उठेको छ नि ।' राजेशले त्यसरी जवाफ दिन्छन् भन्ने कल्पनासम्म नगरेकी झरना एकैछिन छक्क परिन्, केही क्षणमै झरनाले कुरा बुझिन् अनि उनी राजेशको त्यो 'ननभेज जोक' मा खित्का छाडेर हाँस्न थालिन् । From: Saptahik

2 प्रतिकृया/हरु:

Anonymous said...

Wow awesome.....

Anonymous said...

Yap it is awesome..........

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।