ब्लगर झरना

नायिका झरना बज्राचार्यले ब्लग ब्लग सुरु गरेकी छिन् । झरनाबज्राचार्य डटकम(www.jharnabajracharya.com) ठेगाना भएको वेबसाइटमा अहिले उनका लेख तथा चलचित्रसम्बन्धी गतिविधिहरू पढ्न पाइन्छ । धेरैको अनुमानविपरीत यी पूर्व मिस नेपालले ब्लगमा आध्यात्मलाई जोड दिने बताएकी छिन् ।

ब्लगमा 'लिभिङ' र 'स्पिरिट' गरी दुई भाग छन् । 'लिभिङ'मा झरनाको मोडलिङ, करियर तथा जीवनयात्रा उल्लेख छ । 'स्पिरिट'मा पाठकहरूले उनका लेख पढ्न पाउनेछन् । 'मलाई थाहा छ, धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्,' बाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्— 'धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन् ।'

२८ वटा नेपाली चलचित्रका साथै बलिउडको लभ इन नेपालमा अभिनय गरेकी झरनाले विपश्यना ध्यान र त्यसको अनुभव ब्लगमा लेख्ने कुरा पनि बताएकी छिन् । 'चलचित्र र ग्ल्यामरका बारेमा केही नै लेख्दिनँ भन्ने पनि होइन,' झरनाले भनिन्, 'आफू जुन अवस्थामा हुन्छु त्यही लेख्छु, त्यो ध्यान होस् वा फिल्म ।'

बलिउडमा आमिर खान र अमिताभ बच्चनजस्ता स्टारहरूले ब्लग थाले पनि नेपालमा कलाकारले ब्लग आरम्भ गरेको यो पहिलो घटना हो । झरनाको ब्लगको डिजाइन व्यावसायिक वेबडिजाइनर निर्मल ज्ञवालीले गरेका हुन् । 'साइटको डिजाइन सामान्य छ र यो झरनाको रोजाइको हो', निर्मलले भने । From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।