करिश्माको छातीमा गुलाब

उमेरले चार दशक पुगेपछि 'सदासर्वदा सुन्दरी' करिश्मा मानन्धरको छातीको देब्रे भागमा फूल फुलेको छ, त्यो पनि गुलाबको । अहिले आएर यी नायिकालाई के झोक चलेछ कुन्नि ? उनले आफ्नो दायाँ वक्षस्थलको उभारमा गुलाबको फुलको ट्याटु खोपाएकी छिन् । सुट लगाएका पुरुषले कोटमा फूल सिउरेर दंग परेझैं करिश्मा पनि अचेल उनलाई आमन्त्रण गरिएका सार्वजनिक कार्यक्रमहरूमा उभारको फूल देखिने पहिरन लगाउँछिन् । गत साता मात्र राजधानीमा आयोजित भिन्दाभिन्दै दुई कार्यक्रममा करिश्माको ओपन ड्रेस तथा उनको उभारको गुलाबको फूलको चर्चा भयो ।
करिश्माको मुहारको सुन्दरतालाई नियाल्ने कि ट्याटुमा नजर लगाउने ? हेर्नेहरू दोधारमा देखिए । 'लभस्टोरी-२०६६'को एल्बम विमोचन तथा चलचित्र 'फर्केर हे र्दा'को पि्रमियरमा करिश्माले उपस्थित पुरुषको मात्र होइनन्, महिलाहरूको ध्यान पनि आफूतिर तानेकी थिइन् । सुन्दरताकी उदाहरण मानिएकी यी नायिकाका अघिल्तिर अन्य नायिकाको रंग फिक्का देखियो । त्यसको मूल कारण त्यही गुलाबको टाटु त होइन ? करिश्माको उक्त गुलाब मुटु भएतिर छातीको देब्रे भागमा खोपिएको छ । स्मरण रहोस्, गुलाब प्रेमको प्रतीक हो । यति भनेपछि सबैको मनमा जिज्ञासा उठ्नु स्वाभाविक हो, करिश्माको मुटुको यो गुलाबले के संकेत गरिरहेछ ? From: Saptahik