ताइची गुरु हमाल

ज्याकी च्याङका पुराना चलचित्रमा झैं देखिएका छन्— राजेश हमाल । चाइनिज कुङ्फुका गुरुको अनौठो गेटअपमा राजेश हमाललाई झट्ट चिनिँदैनन् । चलचित्रका निर्माता तथा नायक भोजबहादुर गुरुङको भनाइमा राजेश हमाल चलचित्र साहसीका नायक होइनन्, महानायक हुन् । उनी कसरी महानायक भए भन्ने कुरा सार्वजनिक हुने तरखरमा रहेको चलचित्र हेरेपछि प्रस्ट हुने गुरुङ बताउँछन् । भोजबहादुर आफैं पनि मार्शल आर्टका खेलाडी हुन् । चलचित्रका खलनायक ज्याक गुरु मार्शल आर्टको एउटा विधा ताइचीका प्रशिक्षक भएकाले हमाललाई उनले नै खेलको काता सिकाएका छन् अनि त्यसलाई फिल्मी स्टाइल दिएका छन्— द्वन्द्वनिर्देशक योगेन्द्र श्रेष्ठले । गुरुङका अनुसार हमालले चलचित्रको छायांकनमा कमाल गरेछन् । उनले दत्तचित्त भएर ताइचीको काता सिकेछन् । राजेशले चलचित्रका द्वन्द्व दृश्यमा देखाएको काता ताइची खेलाडीले देखाएजत्तिकै स्पष्ट भएको दाबी गुरुङको छ । साँच्चै नै हमालले कमाल गरेछन् कि क्या हो ? From: Saptahik

1 प्रतिकृया/हरु:

Anonymous said...

ooooo nice

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।