चाँडै आउने बाचा

काठमाडौ, अषाढ १३ - ग्रामीण भेषभूषा र भाषाशैलीमा निर्माणको दाबी गर्दै निर्देशक दीपक रायमाझीले फिल्म 'चाँडै आऊ है' बनाउने भएका छन् ।

'राजनीतिकलगायत विविध समस्याले बिदेसिनुपर्दाको अवस्थालाई वास्तविक ढंगले उठाउन खोजेको छु,' प्रायः प्रेमका विषयवस्तुमा झन्डै डेढ दर्जन फिल्म निदर्ेेशन गरिसकेका रायमाझीले भने, 'यसमा मायाप्रीतिभन्दा पनि राष्ट्रियताको विषय मुख्य छ ।' उनले यो फिल्म पनि उनको पहिलो हिट 'युगदेखि युगसम्म' कै हाराहारीमा बन्ने दाबी गरे ।

शुक्रबार मुहूर्त गरिएको फिल्मको सुटिङ असार अन्तिमबाट थालिने निर्माण पक्षले जनाएको छ । फिल्ममा नवनायिका नीता ढुंगाना, नेहा निरौला र उषा खरेलसहित सुमन सिंह, अयुब केसी, गणेश उप्रेती, आरपी पन्त लगायत रहनेछन् । श्री वेभ प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने 'चाँडै आऊ है' मा मौनता श्रेष्ठको पटकथा/संवाद रहेको छ । हिमाल केसीको द्वन्द्व, राजु शाहको नृत्यनिर्देशन रहेको फिल्ममा चेतन सापकोटाको शब्द/संगीत छ। From: Kantipur Online

1 प्रतिकृया/हरु:

Anonymous said...

Ooo cool

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।