मनीषाको बिहे गोकर्ण रिसोर्टमा

आगामी ५ असारमा वैवाहिक सम्बन्धमा गाँसिन लागेकी अभिनेत्री मनीषा कोइरालाको विवाह तयारी अन्तिम चरणमा पुगेको छ । वैवाहिक कार्यक्रमको तालिका अनुसार ४ असारमा काठमाडौंको गोकर्ण रिसोर्टमा स्वयंवरको आयोजना गरिनेछ ।

उनको वैवाहिक कार्यक्रम पनि सोही रिसोर्टमा तय गरिएको छ । ५ असारमा बेहुला बनेर सम्राट दाहाल जन्ती लिएर दिउँसो सोही रिसोर्ट पुग्नेछन् । पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको निधनका कारण कोइराला परिवारले बरखी बारिरहेको छ । मनीषा पूर्वप्रधानमन्त्री कोइरालाकी नातिनी भएका कारण उनको विवाह घरमा नभएर रिसोर्टमा गर्न लागेको परिवारले जनाएको छ ।

मनीषालाई सम्राटले ५ असार बेलुका महाराजगन्जस्थित आफ्नो घरमा दुलहीका रूपमा भित्र्याउँदै छन् । मनीषा र सम्राटको बिहेको प्रीतिभोज भने पाँचतारे होटल सोल्टीमा ६ असार बेलुका राखिएको छ । भोजमा नेपालका विशिष्ट व्यक्तिहरूको साथसाथै बलिउडबाट पनि केही पाहुना आउने बताइएको छ । तर, को-को आउँदै छन् भन्नेबारे कोइराला परिवारले खुलासा गर्न चाहेन । From: Filmy Khabar

2 प्रतिकृया/हरु:

Unknown said...

congraction to you and Happy Marrage

kpbhatta said...

Hi Manisha ji,
Congratulation and many many happy weeding.
Safal Dampatya Jiwan ko lagi muri muri SHUBHAKAMANA
Bhatta,New York.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।