अमेरिका, बेलायतपछि काठमाडौं

ऐतिहासिक कथामा आधारित 'थि्रलर र सस्पेन्स' विषय भन्दै दाबी गरिएको फिल्म 'च्यालेन्ज' को छायांकन अन्तिम चरणमा पुगेको छ ।

अमेरिका र बेलायतमा सुटिङ सकेर फिल्म युनिट यतिबेला काठमाडौंमा छायांकनका लागि व्यस्त छ । '४० प्रतिशत काम सकियो, अब बाँकी एक महिनाभित्र सक्ने योजना छ,' बिहीबार बालाजुमा राति अबेरसम्म फिल्मको निर्देशनमा व्यस्त श्याम भट्टराईले सुनाए ।

१ सय ८५ वर्ष पुरानो दस्तावेजमा आधारित रहेको बताए पनि सुरुमा श्यामले कथा खुलाउन चाहेनन् । कारणमा भने, 'अहिले नै कथाबारे सबै कुरा भन्दा दर्शकले बढी आशा गर्ने हुन् कि भन्ने

डर हुन्छ ।' विस्तारै खुल्दै गएका उनले कथाको सार भने, 'अंग्रेजसँगको युद्धमा नालापानी किल्लामा बलभद्र कुँवरको नेतृत्वको गोर्खाली सेनाले लड्दा जीवनको अन्तिम क्षणमा आफ्ना परिवारजनलाई लेखेको अति गोप्य दस्तावेजको वरिपरि फिल्मका पात्र घुमेका छन् ।' विषयको गाम्भीर्यताले गर्दा फिल्मको काम सुरु गर्नै दुई वर्ष लागेको उनले बताए । कथा पाइसकेपछि पनि 'विषयगत कठिनाइका' कारण सुटिङ सुरु गर्नै झन्डै दुई वर्ष लागेको उनले

बताए । अत्याधुनिक क्यामेराले डिजिटल प्रविधिबाट खिचिएको फिल्ममा नेपाली कलाकार रेश मरहठ्ठा, आयुष रिजाल, रेखा थापाका अलावा अमेरिका बस्ने खुश्बु न्यौपाने र केही बि्रटिस कलाकारसमेतको प्रमुख भूमिका रहेको छ ।

फिल्मका निर्मातासमेत रहेका रेशले पैसा कमाउनै लागि मात्र फिल्म नबनाएको दाबी गर्दै राम्रो बनाउनका लागि लगानीमा कुनै कञ्जुस्याइँ नगरिएको बताए । उनले फिल्म विदेशमा बस्ने नेपालीका लागि समेत ध्यानमा राखेर तयार पारिएको राष्ट्रिय भावना जागृत गर्ने भएको उल्लेख गरे ।

छवि ओझाको कथामा प्रदीप भारद्वाजको स्त्रिmप्ट लेखन रहेको फिल्म 'च्यालेन्ज' मा गायक नवीन के भट्टराईले एकल संगीत भरेका छन् । भ्वाइस् इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको फिल्ममा द्वन्द्व राजेन्द्र खड्गीको छ । फिल्ममा ३० प्रतिशत अंग्रेजी दृश्य रहेको मरहठ्ठाले बताए ।

कम्प्युटर एनिमेसनको भरपुर प्रयोग हुने बताइएको फिल्मको बिहीबार बालाजुको नेपाल चलचित्र विकास निगमको स्टुडियोमा चार गीतहरू 'च्यालेन्ज...', 'मस्त रहँू...', 'तिमीलाई चाहन्छु म...' र 'नसालु ती ओठ...' को एकसाथ सुटिङ गरिएका थिए । गीतमा सिमोस सुनुवार र शंकर बीसीले कोरियोग्राफी गरेका छन् । यो फिल्म आगामी दसैंभित्रमा आउने बताइएको छ ।

1 प्रतिकृया/हरु:

Anonymous said...

good try to do fast

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।