निखिलबाट धोका

हिरो निखिल उप्रेतीको अत्तोपत्तो नभएपछि निर्माणाधीन चलचित्र 'माटो'को सुटिङ कार्य प्रभावित भएको छ । गत फागुनको अन्त्यदेखि द्रुत गतिमा काम थालिएको माटोको ५० प्रतिशत छायाङ्कन सम्पन्न भए पनि निखिलका कारण छायाङ्कन रोकिएको यही चलचित्रबाट नायकमा डेब्यु गरेका मित्र लिङदेन बताउँछन् । 'निखिलजीले वचन दिएर पनि खेल्नुभएन, जसका कारण खर्च मात्र बढिरहेको छ । त्यसैले उहाँको स्थानमा अर्कै नायक लिन बाध्य भयौं ।' निर्माण व्यवस्थापनसमेत रहेका लिङ्देनले भने । चलचित्रमा खस, मधेसी, आदिवासी तथा जनजातिको प्रतिनिधित्व गर्न तिनै समुदायका नायक छन् । निखिलले खस युवाको भूमिका गर्नुपर्ने थियो लिङ्देनले भने— 'अब त्यो सम्भावना टरेकोले राजेश हमाललाई लिएका छौं ।' निखिलको ठाउँमा राजेशलाई अनुबन्धित गरिएकाले कथामा केही हेरफेर गर्नुपरेको निर्माण पक्षले जनाएको छ । From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।