नायिका बन्ने धोको

गायक यम बराल, रामकृष्ण ढकाल नायक बनेपछि गायिका इन्दिरा जोशीलाई पनि नायिका बन्ने धोको जागेको छ । ‘हिरोइन नै बन्ने चाहना त छैन तर राम्रो कथा, पावरफुल रोल भएमा भने सोच्न सकिन्छ, तर, मेरो पेसा भने गायन नै रहनेछ ।’ त्यसो त टुट्यो तारा आकाशमा तिम्रै खुसी मागिरहेँ बोलको गीत सँगै गायिका इन्दिरा जोशीको चर्चा पनि चुलिएको छ ।

म्युजिक भिडियो नबनाइए पनि किरण एल्बमको यो गीतले भने बजार तताएको छ । पहिलो नेपाली तारामा उत्कृष्ट पाँचमा पर्न सफल भएपछि सुरु भएको इन्दिराको गायन करिअर, अरुका कलेक्सन एल्बमबाट चर्चित बनेको छ । सयभन्दा बढी गीत गाइसकिन् उनले । तीमध्ये पछिल्लो समयमा उनलाई टुट्यो तारा…ले निकै चर्चामा ल्याएको छ । ‘मैले गर्न धेरै बाँकी छ,’ गायनमा आˆनो पाइला भर्खर टेकिएको बताउँदै इन्दिरा भन्छिन्, ‘यो मेरो सुरुवात हो ।

अरु धेरै गर्न सक्ने हिम्मत र चाहना छ मेरो ।’ त्यसो त चर्चित गजल नबिर्से तिमीलाई… अञ्जु पन्तको स्वरमा रेकर्ड हुनुअघि नै थुप्रैपटक स्टेजमा इन्दिराको स्वरमा हिट भइसकेको थियो । पछि सो गजल अञ्जुको स्वरमा रेकर्ड भयो । स्टेजमा उनको स्वरमा नबिर्से तिमीलाई… सुनेका स्रोता दर्शकले उनलाई अरु पनि सोध्ने गर्छन् रे आˆनो स्वरमा किन रेकर्ड नगराएको ? इन्दिरा नाजवाफ हुँदै आएकी छिन् श्रोताबाट बारम्बार तेर्सिने उही प्रश्नप्रति । ‘त्यो गजल पहिला मलाई स्टेजमा गाउन लगाइयो । सबैले मेरो गायकीको प्रशंसा गरे । तर पछि मेरो स्वरमा किन रेकर्ड गराइएन, म आफँैलाई थाहा छैन,’ उनी भन्छिन्, ‘पछि एफएममा सुनेपछि मात्र थाहा पाएँ मैले गाइरहेको गजल अरूकै स्वरमा रेकर्ड भएर बजारमा आइसकेछ ।

यसमा मेरो केही गुनासो छैन ।’ नवलपरासीबाट एलएलसी सकेपछि राजधानी छिरेकी इन्दिरालाई नेपाली तारामा देखाएको गायन शिल्पीले संगीत हस्तीहरूलाई प्रभावित पार्‍यो । ‘पहिला म स्थानीय गायनमै सीमित थिएँ । नेपाली ताराले मलाई उच्च प्लेटर्फम दियो,’ उनी भन्छिन्, ‘नेपाली तारामा सहभागी भएपछि मात्र मैले गायनमै करिअर बनाउने निर्णय गरेकी हुँ ।’ इन्दिरा आधुनिक, पप, र्‍याप, रिमिक्स, गजल तथा राष्ट्रयि सबै प्रकारका गीत गाउने गरेको बताउँछिन् । ‘म भर्सटाइल सिंगर बन्न चाहन्छु,’ इन्दिरा भन्छिन्, ‘त्यसकारण म सबै प्रकारका गीत गाउँछु । From: Online Khabar

1 प्रतिकृया/हरु:

narain said...

Indira Ji Tapai ko Tuttyo Tara Aakhash Ma, dherai Ramro Lagyo Tar Tapai Abhinaya Nagayer, Gayan Mai Jyada Dhyan Diye Ramro Hola Dhanyabaad.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।