५ फिट १० इन्चभन्दा अग्लो तथा सुगठित शरीर, चौडा छाती, आकर्षक अनुहार, मिलेको हेयरस्टाइल तथा हरेक प्रकारका पहिरन सुहाउने आकर्षक व्यक्तित्व । यिनै विशेषता भएका पुरुषलाई ह्यान्डसम भन्ने गरिएको छ । हरेक पुरुष ह्यान्डसम देखिन/बन्न चाहन्छन् । कोही सफल हुन्छन्, कोही हुँदैनन् । ह्यान्डसम पुरुषहरू प्रायः आफ्नो कर्मक्षेत्रमा पनि सफल देखिन्छन् ।
नेपाली चलचित्र क्षेत्रमा सफल देखिएका नायक राज बल्लभ कोइराला पनि ह्यान्डसम पुरुषको श्रेणीमा पर्छन् । पोखराका यी नायकले छोटो समयमै आफूलाई स्थापित नायकका रूपमा उभ्याइसकेका छन् । युवतीहरूमाझ उत्तिकै लोकपि्रय राजबल्लभ झट्ट हेर्दा जति ह्यान्डसम देखिन्छन्, उनको अभिनय कौशल पनि उत्तिकै आकर्षक छ ।
मिस्टर नेपालको उपाधि जितेपछि चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक जीवन लुइँटेल पनि ह्यान्डसम पुरुषमा पर्छन् । दुई दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका जीवन चलचित्र अभिनयमा पनि उत्तिकै जमेका छन् । म्युजिक भिडियोमा समेत उत्तिकै जमेका जीवनले अभिनय गरेका दुई नयाँ चलचित्र 'नाई नभन्नु ल' तथा 'दीपशिखा' प्रदर्शनको तयारीमा छन् ।
तेक्वान्दो खेलाडी दीपक विष्ट खेलकुदका कारण लोकपि्रय त छन् नै, उनको आकर्षक व्यक्तित्व पनि उत्तिकै चर्चित छ । गत वर्ष सम्पन्न साग खेलकुदमा उनले लगातार चौथो पटक स्वर्ण पदक जित्दै दक्षिण एसिया मै नयाँ रेकर्ड कायम गरिसकेका छन् । दीपक खेलकुद क्षेत्रकै ह्यान्डसम पुरुष हुन् ।
झन्डै ६ फिट अग्ला फुटबल खेलाडी प्रदीप महर्जन आकर्षक व्यक्तित्वका धनी मानिन्छन् । स्ट्राइकरका रूपमा ख्याति आर्जन गरेका प्रदीप फिजिकल फिटनेसमा समेत अब्बल छन् । फोटोजेनिक अनुहारका कारण पनि उनी ह्यान्डसम पुरुषको श्रेणीमा परेका हुन् ।
क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का क्रिकेटको मैदानमा जति सफल छन्, आकर्षक व्यक्तित्वका कारण युवा पुस्तामाझ आइडलसमेत बनेका छन् । क्रिकेटमा प्राप्त सफलतासँगै पारसले केही विज्ञापनमा मोडलिङ गर्ने अवसर पनि पाइरहेका छन् ।
'मलाई सबैभन्दा ह्यान्डसम लाग्ने नेता गगन थापा हुन्', नायिका रेखा थापा मात्र होइन, ऋचा घिमिरे पनि यसै भन्छिन् । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा राजनीतिको क्षेत्रमा जति अब्बल छन्, आकर्षक व्यक्तित्वका कारण पनि उत्तिकै लोकपि्रय छन् ।
एउटा चुरोटको विज्ञापनमा अभिनय गरेर ग्ल्यामर क्षेत्रतर्फ आकषिर्त पूर्व मोडल अनुदानजंग राणा ह्यान्डस पुरुषका रूपमा चिनिन्छन् । अग्लो कदका अनुदान आकर्षक व्यक्तित्वको धनी छन् । केही म्युजिक भिडियोमा समेत काम गरिसकेका अनुदानलाई नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्ने प्रस्ताव पनि आएका थिए, तर उनी आफ्नै व्यवसायमा रमाइरहेका छन् ।
फुटबल खेलाडी अनिल गुरुङले नेपाल मात्र होइन, भारतको एउटा क्लबबाट समेत फुटबल खेलिसकेका छन् । २०६३ सालमा सम्पन्न एउटा गोल्ड कप मात्र होइन, सिक्किममा आयोजित गभनर्स गोल्ड कप, २०६४ सालको बूढासुब्बा गोल्ड कप तथा आहा गोल्ड कपमा बेस्ट प्लेयर तथा म्यान अफ द सिरिजको उपाधि पाइसकेका गुरुङ आकर्षक व्यक्तित्वको धनी छन् । पोखराका स्थायी बासिन्दा अनिल फेसन तथा मोडलिङमा पनि रुचि राख्छन् ।
सांगीतिक समूह १९७४ एडीका संगीतकर्मी मनोज केसी लोकपि्रय गितारवादक हुन् । राम्रो गितार बजाउने मनोजको व्यक्तित्व पनि आकर्षक छ । युवतीहरू माझ लोकपि्रय मनोज सांगीतिक क्षेत्रमा पनि ह्यान्डसम संगीतकर्मीका रूपमा चिनिन्छन् ।
गायक बाबु बोगटीको स्वर जति सुमधुर छ, व्यक्तित्व पनि उत्तिकै आकर्षक छ । उनी चलचित्रमा नायक बन्न भनेर मोरङबाट राजधानी आएका थिए । स्वर राम्रो भएकाले उनी गायनतर्फ लम्किए । गायनमा सफलता पाइसकेपछि अहिले उनी चलचित्र नायकसमेत बनिसकेका छन् । केही टेलिश्रृंखलामा समेत अभिनय गरिसकेका ह्यान्डसम बाबुले अभिनय गरेको पहिलो चलचित्र 'बाटो मुनिको फूल' प्रदर्शनको तयारीमा छ ।
'छम छम छम छम पाउजु बजाउँदा...' गाएपछि मिङ्मा शेर्पा सांगीतिक क्षेत्रका सेलिब्रेटी बने । उनले गाएका प्रायः सबै गीत लोकपि्रय छन् । उनको स्वर जति कर्णपि्रय छ, व्यक्तित्व पनि त्यति नै आकर्षक छ । युवतीहरूका पि्रय मिङ्मा ह्यान्डसम गायकका रूपमा समेत परिचित छन् । पुराना गीतलाई रिमिक्स गर्ने टे्रन्डको थालनी गर्ने श्रेय पाएका डिजे राजु सांगीतिक क्षेत्रका अर्का ह्यान्सम पुरुष हुन् । रिमिक्स गरेका प्रायः सबै गीत लोकपि्रय भएपछि डिजे राजुको उचाइ पनि बढेको छ ।
नेपालमा डान्स पार्टीको संस्कृतिलाई विकसित गर्ने श्रेय पनि डिजे राजुलाई नै जान्छ ।
कान्तिपुर टेलिभिजनका समाचारवाचक विजय पौडेल पनि ह्यान्डसम पुरुष हुन् । स्पष्टवक्ता विजय जति आकर्षक ढंगले समाचार पढ्छन्, उनको व्यक्तित्व पनि त्यति नै आकर्षक छ । From: Saptahik
1 प्रतिकृया/हरु:
you are really handsom man. i like urs movie n i like u
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।