आरबी म्युजिक सार्वजनिक हुने तयारीमा

नेपाली म्युजिकको बजार जुन गतिमा खस्किंदै गएको त्यहि गतिमा नेपाली म्युजिक कम्पनीहरू स्थापना हुँदै गईरहेका छन् । 'जुन जोगी आए पनि कानै चिरेका' भन्नेझैं जुन म्युजिक कम्पनी आए पनि नेपाली संगितको बजारमा त्यसले खासै राम्रो प्रभाव छोड्न सकेको छैन ।


नयाँ सोच, नयाँ बिचार र उद्देश्य लिएर कुनै कम्पनी आउन नसकेको संगितकर्मीहरूको गुनासो छ । अहिले भने यिनै संगितकर्मीहरूको गुनासो मेट्न म्युजिक कम्पनीहरूको भिडमा अर्को नयाँ कम्पनीको जन्म हुँदैछ । आरबी म्युजिक प्रोडक्सन नामक म्युजिक कम्पनी यहि जेष्ठ २२ गतेबाट बिधिबत रूपमा उदघाटन हुँदैछ । सो म्युजिक कम्पनी आरबी स्टुडियो, आरबी म्युजिक प्रोडक्सन डटकमको साथमा ३ वटा एल्बम र सोही एल्बमका ३ वटा म्युजिक भिडियो लिएर सार्वजनिक हुँदैछ । सार्वजनिक हुन लागेका एल्बमहरूमा सन्तोष भट्टराईको 'एउटा कथा', दिनेश गौतमको 'पैसा' र चन्द्र महर्जनको 'ड्रिम' रहेका छन् ।


अर्जुन नेपालीको संगित रहेको सन्तोष भट्टराईको एल्बम 'एउटा कथा' मा सन्तोष भट्टराईकै शब्द रहेको छ भने एल्बमका गीतहरूमा राजेशपायल राई, सत्यस्वरूप, कुमार कान्छा, जगदिश समाल, माण्डबी त्रिपाठी, सन्तोष लामा, सुवानी मोक्तान, दिपक लिम्बु र किरण श्रेष्ठको स्वर रहेको छ । एल्बममा जीवनका भोगाईलाई समेटेर आधुनिक, गजल र अंग्रेजी रक टाईपको गित समाबेश गरिएको छ ।

यसैगरी दिनेश गौतमको सोलो एल्बम 'पैसा' मा पुस्तक प्रसाद र दिनेश सुनामको संगित, टिकाराम भण्डारी, निरज भट्टराई, प्रमोद ढुङ्गाना, बाबु त्रिपाठी, रावत र पुस्तक प्रसादको शब्द रहेको छ । दिनेशले आफ्नो यस एल्बममा पैसाको कुरालाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरेका छन् । उनले यस एल्बमको माध्यमबाट पैसा नै सबै थोक हैन भन्ने कुरा प्रस्ट्याउन खोजेका छन् । पेशाले इन्जिनियर रहेका अर्का गायक चन्द्र महर्जनको सोलो एल्बम 'ड्रिम' मा श्याम शाहीको संगित र चन्द्र महर्जन स्वयंको शब्द रहेको छ ।


बिगत लामो समय देखि गीत संगितको क्षेत्रमा आफ्ना मिठा नमिठा अनुभवहरू संगाल्दै आएका केहि व्यक्तिहरूको संयुक्त प्रयासमा यस कम्पनीको जन्म हुन लागेको कम्पनीका प्रमुख सन्तोष भट्टराईले फिल्मीखबरलाई जानकारी गराए । नेपाली गीतसंगितको व्यवसायिक प्रयोगको साथमा खस्कदों नेपाली गीतसंगितको बजारलाई उकास्न र संगितकर्मीहरूका समस्याहरूलाई केहि हदसम्म निर्मुल पार्न मात्र नभएर नेपाली गीतसंगितलाई नयाँनयाँ प्रबिधिबाट अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने प्रयास यस कम्पनीले गर्ने कम्पनीका प्रमुख भट्टराईले बताए । यस कम्पनीले गीत रेकर्डिङ, बिक्रिबितरण, डिस्ट्रिब्युसनको साथमा अनलाईनको माध्यमबाट पनि गीत बिक्रिबितरण गर्ने छ । From: Filmy Khabar

1 प्रतिकृया/हरु:

हाम्रोगुल्मी said...

hi sir veri nice site banaunu bhaye ko chha hajur le

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।