साथी रे

वीरगन्ज अहिले अर्को चलचित्र नगरी भएको छ । भोजपुरी भाषामा चलचित्र निर्माण हुने थलोका रूपमा उक्त स्थानको विकास भैरहेको छ । नेपालको सीमासँग जोडिएको भारतको बिहार तथा उत्तर प्रदेशमा भोजपुरी भाषामा चलचित्र सार्वजनिक गर्ने तथा नेपालमा भने त्यही चलचित्रको नेपाली भर्सन सार्वजनिक गर्ने चलन छ । चलचित्रका कलाकार तथा प्राविधिकमा पनि आधाभन्दा बढी नेपालीहरूलाई नै अवसर दिइने यस्ता चलचित्रका निर्माताका रूपमा नन्दु श्रीवास्तवको नाम अगाडि आउँछ । श्रीवास्तवले निर्माण गरेको चलचित्र 'साथी रे' आज शुक्रबारदेखि उपत्यका बाहिरका दसवटा स्थानमा सार्वजनिक हुँदैछ । भोजपुरी चलचित्रका 'सुपरस्टार' रविकिशन नायक रहेको चलचित्र 'साथी रे' मा निखिल उप्रेती, उषा पौडेल, गरिमा पन्त, सौजन्य सुब्बा तथा मिथिला शर्माको मुख्य भूमिका छ । प्रेमकथामा आधारित यो चलचित्रमा प्रेम र कर्तव्यलाई मूलविषय बनाइएको छ । चलचित्रका निर्देशक किशोर राना हुन् । From: Saptahik

1 प्रतिकृया/हरु:

Anonymous said...

ooooooo usha u look so sexy
keep it up

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।