भोजपुरीले ग्ल्यामर माग्दोरहेछ

काठमाडौ, वैशाख २१ - झन्डै चार वर्षअघि भोजपुरी फिल्म 'भैया राखीके लाज रखिया हरजनमवा में' मा अभिनय गरिसकेकी हुनाले यसपटक रूपा खनाललाई वीरगन्जको गर्मी र भोजपुर भाषाको समस्याले खासै सताएन । तर अनिल सर्राफ निर्देशित 'प्यार करेला हिम्मत चाईं' मा अभिनय गरेर भर्खरै काठमाडौं फिरेकी २४ वर्षीया रूपाले यसपटक थाहा पाइन्, 'भोजपुरी फिल्मले अलि बढी नै ग्ल्यामर माग्दो रहेछ ।'

'फिल्म कस्तो बन्ने भन्ने त दर्शक रुचिमा भरपर्ने त हुने नि' आम हडतालको दोस्रो दिन पुतली सडकबाट भाइ राजीवका साथ हिँडेरै अनामनगर आइपुगेकी रूपाले भोजपुरी अनुभव सुनाइन्, 'भोजपुरी दर्शकहरू मसलेदार फिल्म रुचाउँदा रहेछन् ।' उनको विचारमा त्यो एउटा दर्शकको लेभल पनि हो । अधिकांश भोजपुरी दर्शक निम्न वर्गको भए पनि नेपाली फिल्मको भन्दा भोजपुरीको दर्शक बढी हुने उनले बताइन् ।

'यसपटक अलि ग्लामर भएँ' वीरगन्जको दुई हप्ते बसाई सुटिङ अनुभव सुनाउँदै उनी खुलिन्, 'मैले आइटम डान्स गरेकी छु ।' हिरोलाई जसरी भए पनि प्रेममा फसाउने र स्वार्थ पूरा भएपछि धोका दिने भूमिकामा रहेकी उनले हल्का लजाउँदै आइटम गीत सुनाइन्, 'चोलीके कसमस करे जवानियाँ, कैया जाए गवनुआ हो...।'

एक दर्जन नेपाली फिल्म, आधादर्जन टेलिशृंखला र २५ वटा जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी रूपा भोजपुरी फिल्मबाट सिकेको अर्को के पनि हो भने, 'धेरै कलाकारहरू प्रयोग गरेर अनेक विविधता दिने शैली ।' उनले पछिल्लोपटक अभिनय गरेकी 'प्यार करेला...' भोजपुरी कलाकारबाहेक नेपाली मूलधारका रेजिना उप्रेती, सोनिया केसी र विराज भट्टसमेत छन् ।

'तुलनात्मक रूपमा स्तर त उठ्न बाँकी नै छ,' उनले नेपाली फिल्मको अनुभव जोड्न खोजिन्, 'नेपाली फिल्म अहिले माथिल्लो लेभलका दर्शकहरू समेत आएर हेर्न थालेका छन्, तर भोजपुरी पुरानै शैली र रुचिबाट बाहिर निस्कन सकेको छैन ।' भारत र नेपालमा दुवैतिर उत्तिकै बजार भएकाले पनि भोजपुरी फिल्मको कमाइ भने नेपालीको भन्दा बढी नै हुने उनले सुनाइन् ।

सविन बास्तोलाको 'थोरै भए पुगिसरी' टेलिशृंखलामार्फत पाँच वर्ष अभिनय यात्रा थालेकी उनी त्यसलगत्तै 'माया नगर' मा सह नायिका र 'परिधि' मा नायिका बनेकी थिइन् । शंकर आचार्यको 'घरबार,' लय संग्रौलाको 'जीवन चक्र' लगायत आधा दर्जन टेलिशृंखला र २० वटा जति म्युजिक भिडियो गरेपछि दुई वर्ष उनी ग्यापमा रहिन् । 'घरायसी कारणले' अविवाहित रूपाले भनिन्, 'अहिले यति मात्रै भनौं ।' खासमा उनका साथी सर्कल र बा-आमाले उनलाई कृषि प्राविधिक

(जेटिए) बनेको हेर्न चाहन्थे । जिरीमा तीनवर्षे कोर्स गरेर उनी जेटिए पनि बनिन् । 'एकदिन बनेपामा एउटा ट्रेनिङ चलिरहेको थियो' बदलिएको रुचि र करिअरबारे उनले भनिन्, 'त्यहाँ शकुन्तला गिरी दिदीसँग भेट भो, लौ तिम्रो जस्तै अनुहारको क्यारेक्टर खोजिरहेका थियौं भन्नु भो र 'थोरै भए पुगिसरी' का निर्देशकलाई भेटाइदिनु भयो ।'

त्यसपछि रूपा बदलिइन् । 'आमा, दिदी र भाइहरूको स्ट्रङ सर्पोट छ,' पुतली सडकमा दिदी सिर्जनासँग बस्दै आएकी काभ्रे खनालथोकी रूपाले भनिन्, 'अब त यतै करिअर बनिसक्यो ।' दुई वर्षपछि फेरि देखिएकी उनी नवल खड्काको 'दसगजा' र रामकाजी घिमिरेको 'अधिकार' छिट्टै देखिँदै छिन् । निर्माण सकेर पनि नेपाल-भारत सीमा सम्बन्धी विवादास्पद प्रसंग भएको भन्दै सेन्सर बोर्डले रोकेको 'दशगजा' मा उनी भारतीयबाट बेचिएर मुम्बई वेश्यालय पुगेकी चरित्रको रूपमा छिन् । छिट्टै रिलिज हुन लागिरहेको 'अधिकार' मा उनी मुख्य नायिकाको रूपमा छिन् । फिल्मबाट के पाइयो त ?

'अब कहिल्यै फर्केर जेटिए हुन्छु भन्ने सोच्न नै भुलिसकेकी छु' भाइको अनुहारमा पुलुक्क हेर्दै उनले भनिन्, 'अब तपाई नै भन्नुस् मैले फिल्मबाट के पाएँ हुँला ?' From: Kantipur Online

2 प्रतिकृया/हरु:

Anonymous said...

Check the link:

http://www.youtube.com/watch?v=sx8LxtzbTQM

Need full album downlaod link, pleaes reply me on my email:

nadir4edu@gmail.com

for more PK Pop Albums, Plz contact me by email.

Thanks

Anonymous said...

http://www.youtube.com/watch?v=sx8LxtzbTQM

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।