'नाईं नभन्नु ल' को शिर्षगित सर्वाधिक चर्चामा

बिकाश आचार्यले निर्देशन गरेको बहु प्रतिक्षित चलचित्र 'नाईं नभन्नु ल' को शिर्षगित चलचित्र प्रदर्शनमा आउनु अघिनै अत्यधिक चर्चित बनेको छ । पुर्बका प्राय सबै रेडियो स्टेशनको काउनडाउनमा पहिलो नम्बरमा रहेको उक्त गितलाँई अनुरोध कार्यक्रममा पनि अत्यधिक मात्रामा पत्रहरु आउने गरेको झापा दमक स्थित सप्तरङ्गी एफ.एम. का कार्यक्रम प्रस्तोता रेडियो साथि मनकुमारले बताए ।

सप्तरङ्गी एफ.एम. कै काउनडाउन कार्यक्रममा पनि बिगत ५ हप्तादेखि प्रथम स्थानमा रहेको कार्यक्रम उत्पादक तथा साचालीका उशा राईले बताईन् । यस्तै सुनसरीको ईटहरिमा रहेको सप्तकोशी एफ.एम.मा पनि श्रोताहरुको पहिलो रोजाईमा 'नाई नभन्नु ल' को शिर्षगित नै पर्ने गरेको कार्यक्रम उत्पादक तथा साचालक सन्जिव भट्टले जानकारि दिए ।


रेडियोको कार्यक्रममा मात्र नभएर आफ्ना सबै साथिले मोबाईलको कलर रिङ्ग ब्याक टोन का साथै रिङ्ग टोन पनि सोहि गित राखेको काचनजंघा एफ.एम.बिर्तामोड झापाकी कार्यक्रम उत्पादक तथा साचालिका पुनम लिम्बुले बताईन् । मेचि ट्युन्स् एफ.एम. धुलाबारी झापाकि कार्यक्रम उत्पादक तथा प्रस्तोता सभ्यता ढुंगानाका अनुसार गितको शब्द संगित र स्वरको तालमेल मिलेका कारण स्रोताको पहिलो रोजाईमा उक्त गित पर्ने गरेको बताउंछिन् ।


निर्देशक बिकाश आचार्यकै शब्द तथा महेष खड्काको संगितमा रहेको उक्त गितमा दिपक लिम्बुको स्वर रहेको छ । यस गितका शब्द जति साहित्यीक छन् त्यति नै हृदय स्पर्शि भएको कारण पनि यो गित यतिधेरै लोपि्रय बनेको चलचित्रका लेखक तथा निर्देशक बिकाश आचार्यले फिल्मीखबरलाई बताए । यस गितको चर्चाबाट नै आफु निक्कै उत्साहित भएको समेत उनले बताए । From: Filmy Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।