राजधानीमा बुवा-आमा

काठमाडौ, वैशाख ८ - बुवा-आमा र परिवारसँग निश्चय पनि भावनात्मक सम्बन्ध हुन्छ । यसमा कुन-कुन तत्त्वले काम गर्छ त ? त्यसका लागिचाहिँ नेपाली कथानक चलचित्र 'बुबा-आमा' हेर्नुपर्छ । मदन घिमिरे निर्देशित चलचित्र शुक्रबारदेखि राजधानीका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ ।

मोफसलका तीन हल, बिर्तामोडको अन्नपूर्ण टाकिज, दाङका विष्णु चलचित्र मन्दिर र ओम शान्ति सिनेमामा प्रदर्शनको ५१ दिन मनाएपछि चलचित्र राजधानी भित्रिएको हो । 'राजधानीका दर्शकको पनि पक्कै साथ मिल्नेछ,' निर्देशक घिमिरेले आशा प्रकट गरे, 'पारिवारिक कथा भएकाले सबैलाई छुनेछ ।'

निर्मातामध्ये एक रम्भा ओलीले राजधानीको चार दिनको अनुभव एकदमै सकारात्मक रहेको बताइन् । योगेश लामिछाने, सुरेश हमाल, मुरारी पोखरेललगायतले निर्माण गरेको चलचित्रमा मसलेदार बताइएको छ, जहाँ झरना थापा, दिलीप रायमाझी, गणेश उप्रेती, हिउँवाला गौतम, मुकुन्द थापालगायतको अभिनय छ ।

सुरेश अधिकारीको संगीत, दीपक बान्तवाको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन र मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा विश्वज्योतिबाहेकका अधिकांश हलमा चलिरहेको छ । 'अर्को सातादेखि विश्वज्योतिमा पनि लाग्दैछ,' निर्देशक घिमिरेले भने, 'मसला फिल्म रुचाउनेका लागि चलचित्रले मनोरन्जन दिनेछ ।' From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।