यो वर्षको 'ब्लकबस्टर' चलचित्र नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको 'कहाँ भेटिएला' नै हुनसक्छ । निर्माता/नायक श्रेष्ठका अनुसार चलचित्र प्रदर्शन गर्ने बेलासम्म उक्त चलचित्रको निर्माणमा ८१ लाख रुपैयाँ खर्च भैसकेको थियो । चलचित्रले सफलता नपाएको खण्डमा धेरै ऋणको भारी बोक्नुपर्ने खतरा मोलेको उनले बताए । सफल ठहरिएर हलबाट चलचित्र उत्रिँदा काठमाडौं उपत्यकाबाट अन्दाजी ७० लाख एवं उपत्यकाबाहिरबाट १ करोड रुपैयाँ आम्दानी गरेको उनको कथन छ । विदेशी मुलुकमा प्रदर्शन गरिनसकेकाले उनी यही वैशाख महिनादेखि चलचित्र प्रदर्शनका लागि विदेशयात्रामा निस्कँदैछन् । विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भएको खण्डमा चलचित्र 'कहाँ भेटिएला'को कुल आम्दानी ३ करोड नाघ्न सक्ने अनुमान गरिन्छ । चलचित्रका लेखक तथा निर्देशक शिव रेग्मी हुन् । यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, नीर शाह, मिथिला शर्मा, रवि गिरी, वीरेन्द्र हमाल आदि कलाकारको मुख्य भूमिका छ । प्रेमको खोजीलाई रमाइलो रोमान्टिक प्रस्तुति गरिएको यो चलचित्रमा निरुता सिंह, सञ्चिता लुइँटेल, गरिमा पन्त आदि कलाकार अतिथिका रुपमा देखिएका थिए । चलचित्रलाई सफलताको बाटोमा डोर्याउन शिव रेग्मी र सुन्दर श्रेष्ठको गीत, शम्भुजित बाँस्कोटाको संगीत तथा शम्भु सापकोटाको छायांकनको पनि योगदान छ । From: Saptahik
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।