परदेशको जिन्दगी

कतारमा बसोबास गर्ने नेपाली कलाकारहरूको एउटा समूहले निमौण गरेको प्रवासी नेपाली चलचित्र 'परदेशको जिन्दगी' यसै सातादेखि प्रदर्शन हुन थालेको छ । रेहान मियाँको लेखन तथा निर्देशनमा तयार पारिएको यो चलचित्रमा विनोद लामा, अमित बराइली, रामचन्द्र ढकाल, कोपिला राई, विन्दु विक, पार्वती लोहनी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । यो डिजिटल चलचित्रको निर्माण होमनाथ पौडेलले गरेका हुन् । हिमाल घलेद्वारा संगीतबद्ध यो चलचित्रका गीतहरूमा राजेशपायल राई, दीपक लिम्बू, आभा मुकारुङ, मिलन लामा, माण्डवी त्रिपाठी, सपनाश्री, नारायण लामा, पूजा लामा आदिले स्वर प्रदान गरेका छन् । मितेरी फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार पारिएको यो चलचित्रका अधिकांश दृश्यको छायांकन कतारमै गरिएको हो । केही दृश्य चितवनमा पनि छायांकन गरिएको छ । चलचित्रमा परदेश जाने हरेक नेपालीले पैसा कमाउने मात्र उद्देश्य लिएको हुँदैन, जीवनमा पैसा बाहेक अरू कुराको पनि ठूलो महत्त्व हुन्छ भन्ने यथार्थ समेटिएको छ । त्यसो त चलचित्रमा स्वदेश तथा विदेशमा भैरहेका विकृति तथा विसंगतिहरूलाई पनि देखाइएको छ । चलचित्रको छायांकन सुरज गौतमले गरेका हुन् भने भीमसेन सुनार यो चलचित्रको मुख्य सहायक निर्देशक हुन् । From: Saptahik

5 प्रतिकृया/हरु:

एक शुभचिन्तक । said...

माथिको वाक्यमा'सब्य'हटाएर 'सभ्य'बनाउनुहोला ।

एक शुभचिन्तक । said...

माथिको वाक्यमा 'सब्य' हटाएर 'सभ्य' बनाउनुहोला ।

एक शुभचिन्तक । said...

'सब्य' होइन, 'सभ्य' हो ।

युधिष्ठिर शर्मा said...

माथिको वाक्यमा 'सब्य' हटाएर 'सभ्य' बनाउनुहोला ।

TheArizonaNepal said...

धेरै धेरै धन्यवाद है कमेन्ट को लागि

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।