काठमाडौं, चैत १५ (नागरिक)- घरमा श्रीमती राम्री देखिएन भने पुरुषहरूले बाहिर आँखा डुलाउने सम्भावना हुन्छ भन्दै हिरोइन मेलिना मानन्धरले नारीहरूलाई सचेत गराइन्। नारायणगोपाल चोकमा भ्यु ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै मेलिनाले भनिन्, 'त्यसैले हामी श्रीमतीहरू सुन्दर भइरहनुपर्छ र त्यसका लागि ब्युटिपार्लर जानुपर्छ।' पबि गुरुङ, रश्मी गुरुङ र दीपा कुँवरले सञ्चालन गरेको पार्लरको उद्घाटन मेलिनाले अर्की हिरोइन करिश्मा मानन्धरसँग मिलेर गरेकी थिइन्। हरेक नारीले सौन्दर्यसम्बन्धी ज्ञान हासिल गर्न जरुरी रहेको बताउँदै करिश्माले भनिन्, 'आर्थिक रूपमा कमजोर नारीहरूलाई पनि सहुलियतमा सौन्दर्य ज्ञान दिइनुपर्छ।' उद्घाटन कार्यक्रममा माओवादी नेता हिसिला यमीले आफू नारी सौन्दर्यको नभई त्यसको व्यापारीकरणको विरोधी रहेको बताइन्। 'हरेक कुराको सौन्दर्य हुन्छ, हिजो हाम्रो युद्धको पनि सौन्दर्य थियो,' उनले भनिन्, 'सौन्दर्य र कलात्मकतालाई म हौसला दिन्छु।' पार्लरमा कोरियाको प्रविधि अपनाइएको पार्लरकी अध्यक्ष पबि गुरुङले दावी गरिन्। १२ वर्ष कोरियामा बसेर फर्किएकी पबि उतै प्रशिक्षण लिएकी हुन्। 'कोरियामा सिकेको सीप यता प्रयोग गर्न लागेकी हुँ,' पबिले भनिन्, 'पार्लरमा स्किनको विशेष हेरचाह गरिन्छ।
From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।