काठमाडौं, चैत्र १३ - अभिनेत्री मनीषा कोइरालाले गिरिजाप्रसाद कोइराला निडर र कर्मठ हुनाका साथै आफूले बोलेको कुरा पुर्याएर छोड्ने व्यक्ति भएको बताएकी छन् । शुक्रबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले स्व कोइराला थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्नैपर्ने स्वभावको भएको बताइन् । 'उहाँसँग मेरो एकदम कममात्र भेट हुन्थ्यो, म बनारसमा सुशीला आमासँग नै हुर्किएँ, अभिनेत्री कोइरालाले भन्नुभयो-' उहाँ केटाकेटीसँग कुरा गर्दा खुब रमाउनुहुन्थ्यो, धेरैजसो रमाइलो गर्न मन पराउनुहुन्थ्यो ।' म बेलाबेलामा काठमाडौं आउँदा "मलाई सबैले छाडे, म एक्लै भएँ" भन्नुहुन्थ्यो, मलाई काम खोज्दे भन्नहरु आउँछन्, यो गर्दे त्यो गर्दे भन्नेमात्रै आउँछन्, तर मलाई माया गर्ने कोही आउँदैनन्, मनीषाले भन्नुभयो- स्वर्गीय कोइरालालाई म भने "तपाईं एक्लो हुनुहुन्न, तपाईंका साथमा सिङ्गो नेपाली जनता छन्, सबैले माया गर्छन्" भन्ने गर्थें । स्व. कोइरालासँग आफ्नो दुई वर्षअघिमात्रै कुरा भएको बताउँदै उनले स्वर्गीय कोइरालाले गर्न बाँकी रहेको शान्तिप्रक्रिया र संविधान निर्माणका काम सबै राजनीतिक दलले मिलेर पुरा गर्नुपर्नेमा जोड दिइन् । बिपी कोइराला आफ्नो सबैभन्दा मनपर्ने नेता भएको चर्चा गर्दै उनले जिपीले बिपीले देखाएको बाटो परिवर्तन गरेकामा आफ्नो चित्त नबुझेको विचार राखिन् । नेपाली राजनीतिमा आउने इच्छा छैन, उनले भनिन्- 'मलाई नेपालमा बालअधिकार क्षेत्रमा काम गर्ने इच्छा छ, राजनीतिभन्दा बाहिर रहेर पनि समाजसेवा गर्न सकिन्छ ।' एक प्रसङ्गमा नले नेपाली चलचित्र क्षेत्रको क्रमशः विकास हुँदै गएको छ र आफूलाई पनि नेपाली चलचित्र उद्योगमा रही चलचित्र निर्देशन गर्न मन लागेको बताइन् । अभिनेत्री कोइरालाले नेपाली केटासँग विवाह गरेर नेपालमै बस्न मन लागेको आकाङ्क्षा समेत सार्वजनिक गरिन् । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।