टाइटानिकलाई अब थ्री-डी बनाइने

हलिउडका चर्चित चलचित्रलाई ‘थ्री डी’ बनाउने क्रममा जेम्स क्यामरुनको ख्याति प्राप्त चलचित्र टाइटेनिक पनि ‘थ्री डी’ प्रविधिमा बनाइने भएको छ ।

हलिउडका सर्वाधिक रकममा निर्माण भएका जेम्स क्यारुनको चलचित्र अवतार सफलता पछि उनले प्रेम कथामा आधारित चलचित्र टाइटेनिकलाई ‘थ्री डी’ मा देखाउने निर्णय गरेको विभिन्न समाचार एजेन्सीले जनाएको छ ।

समाचारअनुसार जेम्सले आˆनो दोस्रो चलचित्र ‘अवतार’ अत्यधिक सफल तथा दर्शकको राम्रो प्रतिक्रिया लिएको हुनाले ‘टाइटेनिक’ पनि थ्री डीमा जारी गर्ने निर्णय गरेको छ ।

सो चलचित्रलाई थ्री डीमा परिवतर्न गर्नेका लागि ५० लाख अमेरिकी डलर -३८ करोड ५० लाख) लाग्ने एजेन्सीले जनाइएको छ ।

चलचित्र ‘टाइटेनिक’ सन् १९९७ मा प्रदर्शन भएको सबैभन्दा सफल र सर्वाधिक रकम कमाउन चलचित्र हो । त्यसपछि जेम्सकै अवतारले सर्वाधिक रकम कमाउन सफल चलचित्र हो ।

एजेन्सीका अनुसार चलचित्र ‘टाइटेनिक’ को प्रदर्शनी सन् २०१० मेको २ तारिखमा हुन्छ ।

साभार: अन्लाईन खबर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।