हराईन् सञ्चिता

नायिका सञ्चिता लुईटेल हराएको हल्लाले अहिले नेपाली चलचित्र क्षेत्रमा खलबल मच्चिएको छ । नायिका लुईटेल अहिले कहाँ र के गर्दै छिन् भन्ने कुरा कसैलाई थाहा छैन । केहि समय अगाडी विपश्यनामा रहेको बताउँदै आएकी सञ्चिता धर्मकर्म तिर लागेकोले चलचित्र क्षेत्रबाट केहि समयको लागी टाढा रहेको अनुमान लगाईएको छ । उनी हराएको खबर आएपछि उनका नजिकका साथीहरू पनि दंग परेका छन् । आफूहरूलाई खबर नै नगरी बेपत्ता हुँदा उनी हराएको बिषय कौतूहलपूर्ण रहेको उनीहरूको भनाई छ । चलचित्रमा डिमाण्ड बढिरहेको बेला एकाएक हराउँदा चलचित्रकर्मीहरू चिन्तित बनेका छन् । चलचित्र बन्दीका निर्देशक बिजय केरूङ् सञ्चिताको डबिङ कार्य बाँकी रहेकोले उनी नहुदाँ चलचित्रको निर्माण कार्य अगाडी बढ्न नसकेको बताए । उनी हराएपछी उनले काम गर्न बाँकी रहेका चलचित्रहरूको निर्माण कार्य अगाडी बढ्न नसक्दा ति चलचित्रका निर्देशक तथा निर्माताहरू चिन्तित बनेका छन् । From: Filmy Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।