पैसा कमाउने भए विराजलाई साइन गराउनुस्

हुइयाँलाई यो जासुसीको कामबाट दिक्दारी लागेको छ । लागेको छ- यो जासुसीको कामबाहेक अरू पनि केही नयाँ काम गरौंं । कुनै व्यापार वा व्यवसाय गरौं । व्यापार-व्यवसाय त गर्ने तर के गर्ने - हुइयाँ लामो समयसम्म रणभुल्लमा पर्‍यो । धेरै पछि आएर नायक विराज भट्टबाट प्रभावित भई हुइयाँ अब फिलिम बनाउने हो कि भन्ने सोचमा पुगेको छ ।हुइयाँको सोच छ- एउटा फिल्म बनाउने घोषणा गर्ने । त्यसका लागि अरू केही गर्नुपर्दैन, खालि विराज भट्टलाई साइन गराए पुग्छ । विराजलाई फिट हुने खालको एउटा स्त्रिmप्ट तयार पार्‍यो, लगेर उनलाई सुनायो र टाइम मिलायो । टाइमसम्मको कुरा मिलेपछि एग्रिमेन्ट त गर्नुपर्छ । त्यसमा पनि हुइयाँको दमदार आइडिया छ, एग्रिमेन्ट गर्दा विराजलाई साइनिङ अमाउन्टबापत ५० हजार दिने । दुइ महिनापछि सुटिङ शुरू गर्नुपर्‍यो, कहिलेदेखि राखौं भनेर सोध्ने । अनि त उनले सुटिङका लागि डेट दिँदैनन् बरु साइनिङ अमाउन्टबराबर नै पैसा थपेर रकम फिर्ता दिनेछन् । दुइ महिनामै ५० ले अर्को ५० हजार तानिदिन्छ । भइएन त मालामाल झ् कसरी सम्भव छ रे - हत्तेरी, त्यति पनि थाहा छैन -

नपत्याए निर्देशक मदन घिमिरेलाई सोध्नोस् त । सुटिङ डेट माग्नासाथ विराजले उनलाई भनेका छन्- ँम तपाईंले दिएको ५० हजारमा अर्को ५० हजार थपेर १ लाख दिन्छु तर तपाईंको फिल्म खेल्दिनँ ।’ भएकै कुरा हो, यसपालि निर्देशक घिमिरे आपै+mले चलचित्र निर्माण गर्ने भए । उनले आफनो चलचित्र स्वाभिमानका लागि विराजलाई साइन गराए । विराजले लिखित सम्झौताअनुसार फागुन १४ गतेदेखि घिमिरेलाई समय दिनुपर्ने थियो । विराजले भने समयको सट्टा आफूले लिएको ५० हजारमा त्यति नै थपेर रकम दिने तर फिल्म नखेल्ने बताइदिए । लाग्छ- विराजले देखाएको बाटोमा हुइयाँ पनि किन नलाग्ने - कि कसो मिस्टर देहरादुन ? From: Kamana


0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।