नेपाली चलचित्र क्षेत्रमा भारतीय चलचित्रको नक्कल गर्ने क्रम बढ्दो छ । चलचित्रको नाम मात्र नभई कथा, दृश्य,संवाद हुवहु नक्कल गर्ने प्रवृति मौलाउदै गएको छ । करिव छ दशकअघि प्रदर्शित चलचित्र हरिशचन्द्रलाई पहिलो नेपाली चलचित्र मान्ने हो भने त्यसबेला देखि नै नेपाली चलचित्र बलिउडबाट प्रभावित रहदै आएको पाइन्छ । भारतीय चलचित्र उद्योगभन्दा केही दशक कान्छो नेपाली चलचित्र क्षेत्र अक्कल विनाको नक्कलमा अल्झिरहँदा भारतीय चलचित्र उद्योगले भने आकाश छोइसकेको छ । बदलिदो समय र उच्च प्रविधिको प्रयोगसँगै भारतीय चलचित्र उद्योगले आफुलाई अन्तर्राष्टिय उचाइमा पुर्याएको छ तर नेपाली सिनेमाको गती अझै पनि कछुवाको तालमा छ । नेपाली चलचित्रकर्मी केवल बलिउडको नक्कल गर्ने काममा बाहेक अन्यमा पोख्त हुन नसेकेको कुरा स्वयं चलचित्रकर्मीहरु नै स्वीकार्छन । कहिले काहीं त्योभन्दा बढी हलिउडका पोष्टरसम्म नक्कल गर्न भ्याउँछन् नेपाली निर्माता/निर्देशहरु । नयाँ सोच, शैली र प्रयोगभन्दा पनि केवल नक्कल गर्ने समुहको प्रवेश भएकाले पनि नेपाली चलचित्र उद्योगले गति लिन नसकेको ठहर चलचित्रकर्मीहरुकै रहेको छ । केही चलचित्रकर्मीहरु त मौलिकता भन्ने चिज नै नरहेको दावी गर्न समेत पछि पर्दैनन् । राम्रो चिजको अनुकरण गर्दा के नै विगि्रन्छ र । बलिउडका निर्माता, निर्देशकहरुले हलिउडको नक्कल गर्छन, हामीले बलिउडको नक्कल गर्न किन नहुने, उनीहरु निर्धक्कसँग गौरव गर्दै भन्छन् ।
दर्शकलाई राम्रो र मौलिक चिज प्रस्तुत गर्नुको सट्टा पुरानो र बासी चिज दिने केही नेपाली निर्माता निर्देशकहरु उल्टो भन्ने गर्छन, दर्शकले नै त्यस्तो खोजेपछि हामीले कस्तो दिने । नेपाली दर्शकहरु हिन्दी चलचित्रको प्रभावबाट मुक्त हुन सकेका छैनन्, त्यसैले हामीले त्यस्तै किसिमको चलचित्र दिनुपर्ने वाध्यता छ, एक निर्देशक भन्छन, राम्रो चिजको नक्कल गर्नु अपराध होइन ।
नेपाली निर्माता,निर्देशकले खुला रुपमा हिन्दी चलचित्रका कथा,संवाद, दृश्य मात्र होइन गीत र संगीत हुबहु नक्कल गरिरहेका छन । निर्देशक के.पी पाठक भन्छन, मौलिक सोच र चिन्तन राख्नेभन्दा केवल पैसा कमाउने व्यक्तिको प्रवेशले गर्दा नक्कल गर्ने प्रवति बढदै गइरहेकेा छ । नक्कल गर्ने प्रवृति नराम्रो भएको टिप्पणी गर्दै निर्देशक पाठकले भने, प्रसस्त नयाँ विषयबस्तु भएपनि निर्माता, निर्देशकहरु अल्छि भएरकाले नयाँपन आउन सकेका छैन । उनीहरु केवल संयोजक मात्र भएका छन । चोरी गर्न मेहेनत गर्न नपर्ने भएकाले यो प्रवृति मौलाउदो छ । सांस्कृतिक, भाषिक र रहनसहनका हिसावले नेपाल र भारत उस्तै भएकाले केही नक्कल हुन सक्ने अर्का निर्देशक तथा गीतकार यादव खरेल बताउछन । मानसिक दासताका कारण नक्कल गर्ने प्रवृति बढदै गएको बताउदै खरेलले भने निर्माता,निर्देशकले मौलिक चिज प्रस्तुत गर्ने आँट नै गर्न सक्दैन् ।
त्यसैले होला नेपाली चलचित्रकर्मीलाई फ्रेम टु फ्रेम नक्कल गर्ने बानी परिसकेको छ । हिन्दी चलचित्र हेरेर पोख्त भएका नेपाली दर्शकलाई पुन त्यस्तै चलचित्र प्रस्तुत गर्दा नेपाली चलचित्रको स्तर पनि राम्रोसँग झल्किन्छ । सरकारले नेपाली चलचित्र क्षेत्रको विकासतर्फ उचित ध्यान दिन नसकेकाले पनि हिन्दी चलचित्रको प्रभाव बढदै गएको छ । अर्कोतर्फ स्वयं नेपाली चलचित्रकर्मीहरु पनि बलिउडको रोगबाट मुक्त हुन नसक्नु पनि ठूलो विडम्बना हो । आˆनो बौद्धिक क्षमता विर्सेर अर्काको नक्कल गर्न खप्पिस केही नेपाली चलचित्रकर्मीले चलचित्रलाई व्यापारको भाँडो बनाउदै आएका छन । कला र प्रविधिसँग केही मतलव नराखी सस्तो लोकपि्रयता खोज्ने व्यtmिहरुको कारण नेपाली चलचित्र क्षेत्र दिनप्रतिदिन धराशयी बन्दै गएको एक निर्देशक टिप्पणी गर्छन ।
नेपाली बजारम सफलता पाएका र असफल भएका धेरै चलचित्रहरुले हिन्दी चलचित्रको नक्कल गरेका छन । चलचित्रको शिर्षकको मामिलामा त यो संख्या बढदो छ । हिम्मत, सडक, पृथ्वी, चमत्कार, मन, भाई, जीवनसाथी, रक्षक, बन्धन, जिद्दी, बादल, चाँदनी, अंगरक्षक, कमाण्डो, दाग, दुश्मन, खानदान, अर्जुन, आवारा जस्ता धेरै नामहरु हिन्दी चलचित्रबाट सापट लिइएका छन । यस्तै हुवहु र केही दृश्य, कथा, संवाद, गीत र संगीत नक्कल गर्नेमा पनि केही चलचित्रहरु रहेका छन । दपर्णछाँया चलचित्र दुनियाँ दिलवालेकि, सोल्टिनी हम आप के है कौन, सुपरस्टार रंगीला, आगो दिलजले, हिरो सौगन्ध, अल्लारे दिल हैं बेताव, जिन्दगानी होगी प्यार कि जीत, सुखदुःख जैसी करनी वैसी भरनी, कस्तो साइनो जानवर चलचित्रका नक्कल हुन् । नेपाली चलचित्रैकर्मीमा नक्कल गर्ने प्रवृति यसरी बढदै गएमा यसको भविष्य के हुने हो सबैले सोच्ने बेला भएको छ । From: Online Khabar
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।