सञ्चिताकी भाउजू सञ्चिता

एकैजना मानिस आफ्नै नातामा पर्न सक्ला ? उही नन्द उही भाउजू, के यो सम्भावना छ ? चलचित्रमा भने सम्भावना पक्कै छ । दोहोरो भूमिकामा त्यही कलाकार देखिन सक्छ । फेरि नन्द र भाउजूको अनुहार मिल्छ, जुम्ल्याहाजस्तो । कहाँ केटाकी श्रीमती, कहाँ उसकी बहिनी ? एउटै युवकको बहिनी र श्रीमतीमा एउटै कलाकारलाई दोहोरो भूमिकामा उभ्याउँदा हजम नहोला कि ? पर्दामा भुवन केसीकी आमा भुवन चन्द भइन् भने 'भुवनकी आमा भुवन' वा राजेश हमालको भाइको भुमिकामा राजेश ढुंगाना देखिए भने 'राजेशका भाइ राजेश' भन्न सकिने अवस्था छ । नाम उस्तै भएका कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा धेरै छन् ।
दिलीप रायमाझी र दिलीप गौतम- स्थापित नायक भर्खरै आएका नायक, मुकेश आचार्य र मुकेश ढकाल- दुवै पछिल्लो पुस्ताका नायक, सुनिल पाण्डे र सुनिलदत्त पाण्डे-एक जना निर्देशक, एकजना अभिनेता, झरना थापा र झरना बज्राचार्य- दुवै नायिका, नवल नेपाल र नवल खड्का एक जना निर्देशक अर्को निर्माता तथा नायक सुनिल थापा र सुनिलकुमार थापा एकजना खल-अभिनेता एकजना निर्माता, सुशील पोखरेल र सुशील पोखरेल एकजना अभिनेता, अर्को निर्माता । यीमध्ये राजेश हमाल र राजेश ढुंगाना, दिलीप रायमाझी र दिलीप गौतमले एउटै चलचित्रमा काम गरिसकेका छन् । अब पालो सञ्चिता लुइँटेल र सञ्चिता गुरुङको । यी दुवै चलचित्र 'बन्दी'मा क्रमशः नन्द-भाउजूको चरित्रमा देखा पर्दैछन् । 'दुवै जनाको एउटै शेड्युलमा शुटिङ पर्दा पूरै नाम लिएर बोलाउनुपथ्र्यो । नत्र एउटालाई बोलायो, अर्कोले हजुर भन्ने ।' उस्तै नाम हुँदा रमाइलो पनि त हुँदो रहेछ । From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।