फेशनमा सौंखिन कलाकार

चलचित्र क्षेत्र ग्ल्यामर्स र फेशनको क्षेत्र हो । जहाँ दिनहुँ हरेक पक्षको नयाँ प्रयोग गरिन्छ । यहा बदलिदो परिवेससँगै कलाकारहरु नयाँ गेटअपमा आउने गर्छन । उनीहरुलाई हेरेर दर्शकले त्यस्तै किसिमका कुरा अनुशरण गर्ने गर्छन । पर्दामा जे देखिन्छ, कलाकारको वास्तविक जीवनमा त्यो हुन्छ वा हुँदैन यसै भन्न सकिन्न । तर अधिंकांश कलाकार भने आफूलाई चलचित्रमा झैं बाहिर पनि फेशनेवल बनाउन चाहन्छन् । दर्शकले रिलमा देखे झैं बाहिर रियलमा पनि उस्तै स्मार्ट र फेशनेवल बनेर हिंड्दा वाहवाही कमाइने उनीहरुको अनुभव छ । सुटिङमै ब्यस्त भइरहने कलाकारले भने आफूले चाहे अनुरुपको फेशन गर्न नभ्याउने भए पनि चलचित्रबाहिर भने आˆनो सोख पूरा गर्ने गरेको बताउँछन् ।

नायक राजेश हमाल फिल्ममा प्रायः सामान्य ड्रेसमा देखापर्छन । प्राय चलचित्रमा अन्याय विरुद्ध लडने र गरीवका पक्षधर भएर देखिने राजेशलाई निर्देशकहरुले गरीव किसानको छोरोको भुमिका दिइरहेका हुन्छन । त्यसकारण चलचित्रमा उनको डे्रसअप पनि गरीवकै पाराको हुन्छ ।

कुनै चलचित्रमा एग्री म्यानको भूमिका गराइएको छ भने छालाको कालो पाइन्ट, कालो कोट, कालो बुट तथा टाउकोमा कालै फेटा बाँधिएको हुन्छ । चलचित्रमा यस्तो पहिरनमा देखिने राजेश वास्तविक जीवनमा पनि सामान्य डे्रसमा देखापर्छन । प्रायः खैरो पाइन्ट र चेक सटमा देखापर्ने नायक राजेश केही पार्टीहरुमा सुुटमा देखापर्ने गर्छन । आफूलाई फेशनमा खासै रुचि नभएको बताउने राजेश भन्छन्, ‘समयभावका कारण आˆनो डे्रसअपको बारेमा ख्याल गर्न भ्याउदिन । फेशनमा रुचि नभएकाले आफै सपीङ नगर्ने बताउने राजेश आˆनो लागि आˆनो सहायकहरुले कपडा किन्ने गरेको बताउछन् ।

नायक विराज भट्ट आफूलाई टाइट टिसर्ट र जिन्स पाइन्ट औधी मन पर्ने बताउछन् । बाहिर हिड्दा बनेरै हिड्ने उनको पुरानो बानी हो । चलचित्र क्षेत्रमा प्रवेश नगर्दा पनि उनी टिपटप बनी हिडथे । ‘डे्रसको मामलामा म अलि चुजी छु ।’ बिराज भन्छन्, ‘अधिंकाश समय सुटिङमै बित्ने तथा क्यारेक्टरकै गेटअपमा सजिनुपर्ने भएकाले अचेलका दिनमा आफू खुशी ड्रेस लगाउने मौका कमै मिलेको छ ।’ बिराज आफूलाई फिटीङ ड्रेस बढी मन पर्ने बताउछन् । जुत्तामा भने उनलाई डिङ्गो, स्पोर्टस्हरु नै सजिलो लाग्छ रे । फुर्सद भयो कि मौसमअनुसार आएका नयाँ फेशन खरिद गर्न हिडीहाल्ने स्वभावका विराज आˆना तीन वटा दराज कपडाले भरिएको बताउछन् । उनी भन्छन्,’फुर्सदको समयमा नयाँ फेशनका लुगा टन्न किनेर राख्छु । म सँग सधै पाँच, सात जोर प|mेश ड्रेस हुने गर्छन । एडिडास, नाइक ब्राण्डका डे्रस बढी मात्रामा खरिद गर्ने गरेका बिराज आफूलाई मन परको डे्रस जति महङ्गो परे पनि किन्ने गरेको सुनाउछन् ।

biraj

कपडामा झै आˆनो हेयर स्टाइलमा पनि उनको लगाव रहेको छ । सुरुका दिनमा उनलाई छोटो कपालमा देखिन्थ्यो । तर अचेल उनको कपाल बढेको छ । ‘हेयरमा पनि केही चेञ्ज ल्याउ भनेर यसो गरेको हुँ ।’ विराज भन्छन्, ‘कपालको स्यहारको लागि राम्रो कम्पनीको कण्डिसनरहरु प्रयोग गर्छु ।’ कुन फिल्ममा आफूले गरेको डे्रसअप उनी आफैलाई औधि मन परेको होला ? ‘हिम्मत को मेरो कल्पनामा एउटी परी…बोलको गीतमा मैले गरेको डे्रसअप म आफैलाई मन परेको छ । त्यस्तै सिलसिलाको डे्रसअप पनि राम्रो छ ।’ अर्का नायक दिलीप रायमाझी भने आˆनो ज्यानमा फिट हुने जस्तोसुकै कपडा पनि मन पर्ने बताउछन् । ‘तर मलाई जिन्स पाइन्ट र टिसर्ट बढी मनपर्छ ।’ झकीझकाउ फेशन आफूलाई मन नपर्ने बताउने दिलीप आफुसँग कति जोर कपडा छन्, गन्ती नभएको बताउछन् । उनले भने ,’कसैले पत्याउदैन् होला । मेरो कपडाको पाइन्ट नै छैन । मलाई कपडाको पाइन्ट मन पर्दैन । मलाई जिन्स नै राम्रो लाग्छ ।’ दिलीप आफूले आˆनो लागि आफै ड्रेस किन्ने नगरेको खुलाउछन् । भन्छन्, ‘म आˆनो लागि आफै कपडा किन्दीनँ । मलाई रुची छैन । घरमा जुृन कपडा धोइदिएको छ, त्यही लगाएर हिड्छु । विदेश जाँदा भने घरपरिवारले आशा गर्ने भएकाले जानीनजानी भए पनि सपीङ गर्छु ।’ प्राय विदेश गइरहने दिलीप केही वर्षयतादेखि आफैले डे्रस किन्नु नपरेको बताउछन् । ‘प्रायं गिˆट आउछ । कपडा नै किन्नु पर्दैन ।’ जुत्ता भने एडीडास, रिभोक, स्पोर्टस्, डक्टर मार्टिन ब्राण्डका लगाउने दिलीप यही ब्रँण्डकै किन्नु पर्छ भन्ने नभएको बताउछन् । सुट लगाउन भने उनलाई मनपर्छ रे । तर पार्टीहरुमा मात्र । नत्र क्याजुअल डे्रेस नै ठिक लाग्ने बताउछन् ।

नायिका रेजीना उप्रेतीलाई जिन्स पाइन्ट र टाइट टिसर्ट मन पर्ने रहेछ । त्यसबाहेक हाप पाइन्ट पनि गर्मीको फेशन हो रे उनको । भन्छिन्, ‘सिजनअनुसार कन्र्फट हुने खालका डे्रेस लगाउछु । नयाँ आएका फेशन खरिद गर्नु मेरो कमजोरी हो उनी भन्छिन्, पछिल्ला दिनमा प्राय विदेश गइरहने भएकाले फ्यानहरुले गिफ्ट दिने हुदा आˆनो पैसा खर्च गर्नु परेको छैन ।
Raj

नायिका नन्दिता केसी पनि फेशनेवल भएर हिड्न आफूलाई मनपर्ने बताउछिन् । जिन्स पाइन्ट, टिसर्ट तथा कुर्ता सुरुवाल उनको मनपर्ने डे्रेस हो रे । ‘मेरो धेरै जसो पैसा डे्रस किन्नमै खर्च हुन्छ ।’ नन्दिता भन्छिन्, ‘मन परेको फेशन किन्न महङ्गो हुन्छ । तर म फेशनमा कम्प्रोमाइज गर्न चाहन्न ।’ फेशीयल गर्न तथा आँखीभौ थुत्न प्रायः ब्युटीपार्लर गइरहने नन्दिता आफुलाई सुन्दर र खाइलाग्दी राख्नका लागि पनि कुनै सम्झौता नगर्ने बताउछिन् । आˆना ˆयानहरुबाट गिˆट स्वरुप नयाँ कपडाहरु हात परिरहने बताउने नन्दिता अब आˆनो कपाल कर्ली बनाउने सोचाइमा रहेको बताउछिन् । भन्छिन्, ‘कन्टिन्युटी जर्क नहुने गरि कर्ली बनाउने रहर लागेको छ ।’

- ऋषिराम कट्टेल/ लक्ष्मण सुवेदी

From: Online Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।